मेरो देश
मेरो देशको नाम नेपाल हो । यो देश अति नै सुन्दर छ। यहाँ धेरै नदीनालाहरू र हिमालहरू छन्। याे देश अति सुन्दर भएको कारण यसलाई स्वर्गकै एक टुक्रा पनि भनिन्छ । यो देश प्राकृतिक र सांस्कृतिक सम्पदामा पनि धनी छ। नेपालको आफ्नाे छुट्टै कला, संस्कृति, परम्परा, धर्म आदि भएकोले नेपाल जस्तो अर्काे देश खोजेर पनि भेटिन्न । नेपालमा ७७ ओटा जिल्ला र ७ ओटा प्रदेशहरू छन् । नेपालमा रहेको प्राकृतिक सौन्दर्यताले सबैकाे मन लोभ्याउने गर्छ । नेपाल पर्यटकीय क्षेत्रको लागि प्रसिद्ध छ । यहाँ धेरै मानिसहरू घुम्न आउने गर्छन् । नेपाल एउटा सानो र सुन्दर देश हाे । याे देश पानीमा धनी छ। नेपालमै वीर बलभद्र जस्ता सयाैँ वीरहरू जन्मिएका थिए। हाम्रो देश मात्रै यस्ताे देश हाे जहाँ अङ्ग्रेजले कब्जा गर्न सकेनन् । मलाई मेराे देशकाे धेरै माया लाग्छ ।
0 reads
Published on 7/21/2023
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 5
Roll No: 31019
38
More Articles from
Student