मेरो देश
मेरो देशको नाम नेपाल हो । मेरो देश सुन्दर, शान्त र विशाल छ । मेरो देश नेपालको राजधानी सहर काठमाडौँ हो । नेपाललाई सात प्रदेश र सतहत्तर जिल्लामा विभाजन गरिएको छ । मेरो देशमा संसारकै अग्लो हिमाल सगरमाथा पनि छ । नेपाल हिमाल, पहाड हुँदै तराईसम्म फैलिएको छ । मेरो देश प्राकृतिक श्रोत तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ विभिन्न प्राकृतिक मनोरम दृश्यहरू देख्न सकिन्छ । यहाँ धेरै ताल, तलैया, झरना, नदी जस्ता मनोरम दृश्य देख्न पाइन्छ । नेपाल विश्वमै जलस्रोतको दोस्रो धनी देश पनि हो । नेपालमा विभिन्न जङ्गलहरू पनि छन् । जङ्गलबाट विभिन्न जडीबुटी र कच्चा पदार्थ प्राप्त गर्न सकिन्छ । भगवान बुद्धको जन्म पनि मेरै देशको लुम्बिनीमा भएको हो । नेपालको मुख्य राष्ट्रिय पर्व दसैँ र तिहार हुनका साथै राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालीगुराँस र राष्ट्रिय पन्छी डाँफे हुन् । म मेरो देशलाई धेरै माया गर्दछु र नेपाली हुनुमा पनि मलाई गर्व लाग्दछ ।
0 reads
Published on 3/23/2022
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 3
Roll No: 31019
38
More Articles from
Student