पुस्तकालय
‘पुस्तकालय’ शब्द पुस्तक र आलय शब्दबाट बनेको शब्द हो । सजिलो भाषामा भन्नुपर्दा पुस्तकको घर वा पुस्तकको भण्डारलाई ‘पुस्तकालय’ भनिन्छ । पुस्तकका माध्यमबाट ज्ञान प्राप्त गर्न सकिने भएकाले पुस्तकालयलाई ज्ञानको भण्डार पनि भन्न सकिन्छ । पुस्तक पढेर शिक्षा प्राप्त गरेर सफल व्यक्ति हुन सकिने भएकाले पुस्तकालयलाई हामीले उचित प्रयाेग गर्न सक्नुपर्छ । पुस्तकालयमा गएर पढ्दा अनुशासित भएर पढ्नुपर्छ । पुस्तकालयमा अनावश्यक होहल्ला गर्नुहुँदैन । मेरो विद्यालयमा पनि पुस्तकालय छ । त्यहाँ पुस्तकहरू मिलाएर राखिएका छन् । त्यहाँ ज्ञानवर्धक देखि रमाइला हाँस्यास्पद किताब र कविताका पनि थुप्रै पुस्तकहरू रहेका छन् । म पनि त्यहाँ गएर मेरो विषयसँग सम्बन्धित किताबहरू पढ्ने गर्दछु । ससाना धेरै रमाइला कथाका किताबहरू पनि पढ्ने गर्दछु । यसले मलाई थप ज्ञान प्राप्त हुन्छ । मेरो घरमा पनि एउटा सानो पुस्तकालय छ । त्यहाँ पनि सबै ज्ञानवर्धक देखि रमाइला पुस्तकहरू मिलाएर राखिएका छन् । विद्यार्थी जीवनमा पुस्तकालयको धेरै नै महत्त्व छ ।
0 reads
Published on 12/6/2022
Pratyush Lohani is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pratyush Lohani
Grade 4
Roll No: 31019
38
More Articles from
Student