हाम्रो आफ्नै फूलः पुस्तक समीक्षा
परिचयः निर्मला चापागाईंले लेख्नुभएको र दीलिप चौधरीले चित्र बनाउनुभएको कथामा पाँचवटा कथाहरू छन् । कथाहरूका नाम नेपाली किताब, कसरी खाऊँ त फलफूल ?, जून र तारा, हात्तीको सवारी र हाम्रो आफ्नै फूल हुन् ।
कथावस्तुः नेपाली किताब कथाको मुख्य पात्र सरोज हो । उसको प्यारो सरले किताब ल्याइदिनुहुन्छ तर त्यो किताब नेपाली मात्र हुन्छ । रोशन सर र उसको परिवारले नेपाली किताब पढ्ने इच्छा बढाइदिनुहुन्छ । त्यसपछि सरोजले रमाइलोसँग नेपाली किताब पढ्न थाल्छ । कसरी खाऊँ त फलफूल कथामा पूजाको फलफूल अभिषेकले खान खोज्छ । उसले थरीथरीका फलफूल चोरेर खान्छ । धेरै फलफूल खाएकोले उसकाे पेट दुख्छ । जून र तारा कथामा मोहन राति आकाशमा जून र तारा हेर्दै हुन्छ । मोहनलाई जून र तारा घरमा ल्याउन मन लाग्छ । मोहन सुत्न जान मान्दैन । आमाले बाटामा पानी हालेर जून र ताराकाे प्रतिविम्ब देखाइदिनुहुन्छ । हात्तीको सवारी कथामा सरिताले चिडियाखानामा हात्ती चढ्ने भनेर दुःख दिन्छिन् । उनले आमाबुबाले नहेर्नुभएको बेला लुकीलुकी हात्ती चढ्छिन् । अन्तिममा बुबाले हात्ती पनि चढ्ने भन्नुहुन्छ । हाम्रो आफ्नै फूल कथामा राजनले फूल टिप्ने भनेर दुःख दिन्छ । पार्कको सुन्दर फूल टिप्न खोज्छ । आमा र बहिनीले नटिप भन्छन् । बुबाले घर पुगेपछि फूलको बोट उपहार दिनुहुन्छ ।
निष्कर्षः यी सबै पाँचवटा कथाबाट हामीले विभिन्न शिक्षा पाउँछौँ । मलाई कथाहरू धेरै राम्रा लाग्छन् । किनभने कथामा रमाइला चित्र, प्रेरणा दिने वाक्य आदि राम्रा कुराहरू छन् । म यो पुस्तक बहिनी र भाइहरूलाई पढ्न आग्रह गर्दछु । यस कथाबाट हामीले नराम्रो काम गर्नु हुँदैन, झुट बोल्नु हुँदैन, हरेक समस्याको समाधान हुन्छ, असम्भव कुरालाई पनि सम्भव पार्न सकिन्छ भन्ने शिक्षा पाइन्छ । म यो किताब सबैलाई पढ्न आग्रह गर्दछु।
0 reads
Published on 8/30/2024
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 4
Roll No: 33034
44
More Articles from
Student
