मेरो साइकल
मलाई साइकल चलाउन मन पर्छ । साइकल खेल धेरै रमाइलो खेल पनि हो । म सानो हुँदा तीन पाङ्ग्रे साइकल चलाउँथे जुन गुलाफी रङको थियो । म अलि ठुलो भएपछि मैले मेरो दादाकाे दुई पाङ्ग्रे साइकल पाएँ । त्यो साइकलमा दुईवटा साना साना पाङ्ग्राहरू पनि थिए । यसरी मैले दुई पाङ्ग्रामा साइकल चलाउन पाएँ । मैले उठेर, एक हातले पनि चलाउन सिकेँ । अहिले त्यो साइकल मलाई धेरै सानो भयो । त्यसैले मेरी मामु र पापाले मलाई ठुलो बि.यम.एक्स साइकल किनिदिनुभएको छ । यसमा ठुला चक्का छन् र यो रातो रङको छ । यो साइकल चलाउन मलाई धेरै मज्जा लाग्छ ।
0 reads
Published on 3/11/2022
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 1
Roll No: 33034
44
More Articles from
Student
