मलाई मनपर्ने खेल
विश्वका सबै खेलहरूमध्ये मलाई मनपर्ने खेल फुटबल हो। यस खेलमा ११ जना खेलाडी हुन्छन्। ती ११ खेलाडीमध्ये १ जना गोलकिपर हुन्छ। खेल दुई टोलीबीच खेलिन्छ। यस खेलको मुख्य उद्देश्य विपक्षी टोलीको गोलपोस्टमा गोल गर्नु हो। अन्त्यमा सबैभन्दा बढी गोल गर्ने टोली विजेता हुन्छ।
सुरुमा दुवै टोली मैदानमा उपस्थित हुन्छन्। एउटा टोलीले खेलको सुरुवात गर्छ भने गोलकिपर डी-बक्सभित्र रहन्छ। फुटबल रणनीति र योजनामा आधारित खेल हो। खेल ४५–४५ मिनेटका दुई भागमा विभाजन गरिएको हुन्छ। खेलको नियम पालना गराउने कार्य रेफ्रीले गर्छ। सबैभन्दा बढी गोल गर्ने टोली विजयी हुन्छ, तर दुवै टोलीको समान गोल भएमा खेल बराबरी मानिन्छ।
फुटबलका मुख्य नियमहरूमा अफसाइड नियम, प्रत्यक्ष तथा अप्रत्यक्ष फ्री–किक, डी-बक्सभित्र फाउल भएमा पेनाल्टी, तथा दुर्व्यवहारका लागि पहेंलो र रातो कार्डको प्रयोग पर्दछन्।
फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल हो। यस खेलमा करोडौँ खेलाडी सहभागी छन् र यसको इतिहास पनि निकै पुरानो छ। प्राचीन चीनको “कुजु” खेलबाट सुरु भएको फुटबल पछि बेलायतमा विकसित हुँदै आज विश्वव्यापी खेल बनेको हो।
फुटबलले केवल मनोरञ्जन मात्र दिँदैन, यसले अनुशासन, टोलीभावना, नेतृत्व क्षमता, जिम्मेवारी र मानसिक दृढता पनि सिकाउँछ। यस खेलले खेलाडीहरूलाई असफलतासँग जुध्न, विपक्षीको सम्मान गर्न तथा साझा लक्ष्यका लागि मिलेर काम गर्न प्रेरित गर्छ। साथै, फुटबलले शारीरिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ।
यी सबै कारणहरूले मलाई फुटबल असाध्यै मनपर्छ। यस खेलबाट हामीले धेरै महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ। त्यसैले हामी सबैले फुटबल खेल्नुपर्छ।
धन्यवाद !!!
1 reads
Published on 6/5/2026
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 6
Roll No: 33034
44
More Articles from
Student
