मलाई मन पर्ने खेल
मलाई खेल खेल्न मन पर्छ। मैले फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस खेलेको छु । मला ब्याडमिन्टन मन पर्छ । ब्याडमिन्टन खेल्न लगभग दुईजना मानिस वा खेलाडी चाहिन्छ । यसमा एउटा नेट हुन्छ । ब्याडमिन्टन ब्याटले खेलिन्छ । ब्याडमिन्टनमा कक हुन्छ । हामीले खेल सुरु गर्ने बेलामा ककलाई हान्यो भने त्यसलाई सर्भिस भनिन्छ । ब्याडमिन्टन एक सामान्य खेल हो । ब्याडमिन्टन खेल खेल्न धेरै मज्जा आउँछ । ब्याडमिन्टन भनिन्छ ब्याडमिन्टन खेल्दा कोर्टभन्दा बाहिर गयो भने विपक्षी समूहको एक अङ्क बढ्छ । ब्याडमिन्टनको कक एकदमै हलुका हुन्छ । ब्याडमिन्टन खेलमा कहिलेकाहीँ बेसरी र कहिलेकाहीँ बिस्तारै ककलाई हान्नुपर्छ । यसरी खेल्नाले शरीरलाई राम्रो व्यायाम हुन्छ ।
0 reads
Published on 12/16/2025
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 5
Roll No: 33034
44
More Articles from
Student
