सहयोग
सहयोग गर्ने बानी राम्रो हो । सहयोग गर्नाले हाम्रो समस्याको समाधान हुँदै जान्छ । हामीलाई गाह्राे वा अप्ठ्यारो पर्दा सहयोग माग्नुपर्छ र आफूले पनि अर्कालाई सहयोग गर्न जान्नुपर्छ । हाम्रा विद्यालयमा गुरुहरुले हामीलाई शिक्षा दिएर सहयोग गर्नुहुन्छ । जसले गर्दा हामीलाई ज्ञान प्राप्त भइरहेको हुन्छ । साथीहरूले पनि हामीलाई चाहेको बेलामा सहयोग गर्छन् । हामीले पनि उनीहरूलाई आवश्यकता पर्दा सहयोग गर्याै भने सबैको भलो हुन्छ । सहयोगले नै माया र आत्मियता बढ्छ ।
0 reads
Published on 8/25/2022
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 2
Roll No: 33034
44
More Articles from
Student
