मातातीर्थ औँसी
मातातीर्थ औँसीलाई हामीले आमाको मुख हेर्ने दिन भनेर बुझ्छौँ । यस दिन हामीले आफ्नी आमालाई उपहार र खानेकुरा दिन्छाैँ । हामीले हाम्री आमासँग आशीर्वाद लिन्छौँ । हामीले हाम्री आमालाई सधैँ धेरै खुसी बनाउनुपर्छ । मातातीर्थ औँसीले जन्म दिएर हुर्काएकी प्यारी आमालाई धेरै आदर र सम्मान गर्नुपर्छ भन्ने कुरा बताउँछ। म मेरी आमा र ठुली आमाहरूसँग मातातीर्थ औँसी मनाउँछु। म आमालाई खानेकुराका परिकारहरू खुवाउँछु । आमालाई आदर, सम्मान र धन्यवाद दिनको लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । यो संसारमा आमाले जस्तै साँचो प्रेम गर्ने अरू कोही हुँदैन । मानिसलाई जीवन प्रदान गरी संसार देखाउने, हरेक इच्छा बुझेर सुख दुःखमा हरपल साथ दिने, सही बाटोमा हिँड्नको लागि प्रेरित गर्ने, आफू भोकै बसेर भएपनि माया ममताकासाथ सन्तानलाई खुवाउने, आफ्ना सबै पीडालाई लुकाएर हँसिलो अनुहारकासाथ सधैँ अनमोल ज्ञान प्रदान गरिरहने आमाले आफ्नो जीवन नै सन्तानका लागि समर्पित गरेकी हुन्छिन् । तसर्थ आमालाई माया गर्नु र सधैँ खुसी राख्नु प्रत्येक व्यक्तिको कर्तव्य हो साथै परम धर्म पनि हो। हामीले आमाप्रति मातातीर्थ औँसीको दिन मात्र नभई हरेक क्षण माया र कर्तव्यकाे पालना गर्नुपर्छ।
0 reads
Published on 5/10/2024
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 4
Roll No: 33034
44
More Articles from
Student
