गोलभेँडा उत्पादन प्रक्रिया
गोलभेँडा उत्पादन गर्न न्यानो हावापानी चाहिन्छ । यसलाई बलौटे दोमट तथा मलिलो माटो चाहिन्छ । यसको बिउबाट पालुवा पलाउन करिब १२ देखि १५ दिन लाग्छ । गोलभेँडा बिरुवा राम्रोसँग सप्रिन घाम लाग्ने र पानी नजम्ने ठाउँ चाहिन्छ । समय समयमा पानी, मल हाल्ने र गोडमेल गर्ने गरेमा दुई महिनापछि यसको फूल फुल्न थाल्छ । यसै फूलबाट गोलभेँडा फल फल्छ । बिरुवा ठुलो हुँदै जाँदा यसलाई अड्याउन लट्ठी वा डाेरीकाे आवश्यकता पर्दछ । रोपेको तीन महिनापछि गोलभेँडा पाकेर रातो भएपछि यसलाई हामी टिप्न सक्छौँ । हामी गोलभेँडालाई सलाद, तरकारी वा अचारको रूपमा खान सक्छौँ ।
0 reads
Published on 8/22/2023
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 3
Roll No: 33034
44
More Articles from
Student
