मेरो कुकुर
मेरो घरमा एउटा सानो कुकुर छ । उसकाे नाम सिन्चा हाे । सिन्चा अहिले दश वर्षको भयो । उसलाई मासु असाध्यै मन पर्छ । म स्कुलबाट फर्केपछि मलाई पछ्याइ रहन्छ । मेरो हात चाटेर मलाई माया गर्छ । नचिनेको मानिसको स्वर सुन्यो भने ठुलो आवाजले भुक्छ । सिन्चा सेतो रङको कुकुर हो । सिन्चा जापानिज स्पिच कुकुर हाे । हामी सिन्चालाई वर्षको एकचोटि भ्याक्सिन लगाइदिन्छाैँ । नुहाउने समयमा ऊ भाग्छ तर समातेपछि ज्ञानी भएर नुहाउँछ । ज्ञानी भएर नुहाउने भएकोले हामी सिन्चालाई चिज दिन्छौँ । बेलुन फुटेर र पटका पट्काउँदा ऊ तर्सिएर टेबलमुनि लुक्न जान्छ । सिन्चालाई म धेरै माया गर्छु । उसले पनि मलाई मन पराएर पछ्याइ रहन्छ ।
0 reads
Published on 9/28/2023
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 3
Roll No: 33034
44
More Articles from
Student
