मेरो परिवार
मेरो नाम युग श्रेष्ठ हो । म सिफल स्कुलमा कक्षा तीनमा पढ्छु । म सात वर्षको भएँ । मलाई पिज्जा खान मन पर्छ । मेरो परिवारमा तीनजना सदस्य हुनुहुन्छ । मेराे परिवारमा बाबा, ममी र म बस्छौँ । मेरो बुबाको नाम सञ्जय श्रेष्ठ हो । उहाँ बैंकर हुनुहुन्छ । उहाँ बैंकमा काम गर्नुहुन्छ । उहाँलाई समाेसा खान मन पर्छ । मेरी आमाको नाम लिजा श्रेष्ठ हाे । उहाँ मिठा मिठा खानेकुराहरू पकाउनुहुन्छ । उहाँ नृत्य शिक्षिका हुनुहुन्छ । हामी सँगै बसी घरमा लुडो खेल्छाैँ र अरु खेलहरू पनि खेल्छौँ । हामी एकअर्कालाई धेरै माया गर्छौँ ।
0 reads
Published on 6/7/2023
Yug Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yug Shrestha
Grade 3
Roll No: 33034
44
More Articles from
Student
