मेरो कक्षाकोठा
म कक्षा एकमा पढ्छु । मेरो कक्षाकोठाको नाम कञ्चनजङ्गा हो । मेरो कक्षामा १६ जना विद्यार्थीहरू छन् । मेरो कक्षा सफा छ । मलाई मेरो कक्षा धेरै मन पर्छ। मेरो कक्षामा सिसाकलम, डस्टर, बेन्च, डेक्स, सेताेपाटी आदि छन् । मेरो कक्षाकोठामा टि.भी पनि छ। मेरो कक्षामा १६ वटा कुर्सीहरू छन् । मेरो कक्षामा चारवटा टेबुल छन् । मेरो कक्षामा अङ्ग्रेजी, नेपाली, गणित, सेरोफेरो आदिको पढाइ हुन्छ । मेरो कक्षामा एउटा ढोका र दुईवटा झ्याल छन् । मलाई मेरो कक्षामा साथीहरूसँग मिलेर पढ्दा रमाइलो लाग्छ । हामीलाई गुरुआमाहरूले माया गरेर पढाउनुहुन्छ । मलाई मेरो कक्षा प्यारो लाग्छ ।
0 reads
Published on 3/1/2024
Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bilakshyan Banjara
Grade 1
Roll No: 35006
30
More Articles from
Student