मेरो देश नेपाल
मेरो देश नेपाल सानो तर सुन्दर देश हो। यो देश एसियामा छ। नेपाल हिमालहरूको देश हो। यहाँ सगरमाथा छ । यहाँ पहाड, झरना, ताल, जङ्गल र हरियाली वातावरण छन् । नेपालको राजधानी काठमाडौँ हो । नेपालमा पशुपतिनाथ मन्दिर छ । नेपालमा धेरै भाषा बोलिन्छन् । हामी नेपाली एकआपसमा सहयोग गर्छौं । नेपाल कृषि प्रधान देश हो । नेपालमा तराई, पहाड र हिमाल छन् । नेपालमा बुद्धकाे जन्म भएकाे थियाे । नेपालमा विभिन्न चराचुरुङ्गीहरू पनि छन् । नेपालमा काँडे भ्याकुर भन्ने चरा छ । नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा हो । सानो चाहिँ भक्तपुर हो । नेपालको लामो नदी कर्णाली र गहिरो नदी गण्डकी हो। नेपालमा सातवटा प्रदेश छन् । नेपालमा ७७ जिल्ला छन् । नेपालमा लगभग ३ करोड जति मानिसहरू बसोबास गर्छन् । नेपालको होचो ठाउँ झापामा छ । नेपालको राष्ट्रिय जनावर गाई, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय खानेकुरा गुन्द्रुक र ढिँडो र राष्ट्रिय रङ सिम्रिक हाे ।
3 reads
Published on 1/21/2026
Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bilakshyan Banjara
Grade 3
Roll No: 35006
30
More Articles from
Student