underline

मेरो मन पर्ने जनावर

Underline

Share:

मेरो मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईका दुईवटा सिङ हुन्छन् । गाईका चारवटा खुट्टा हुन्छन् । गाईका दुईवटा कान हुन्छन् । गाईको एउटा पुच्छर हुन्छ। गाईले हामीलाई दूध दिन्छ। गाईका बच्चाबच्चीलाई बाच्छाबाच्छी भनिन्छ । गाईलाई लक्ष्मीको रूप मानिन्छ । गाई धेरै देशमा पालिन्छ । गाई शाकाहारी जनावर हो । गाईको गोबर अर्गानिक मलको रूपमा प्रयोग गरिन्छ । गाईलाई हामीले लक्ष्मीपूजाको दिन पूजा गर्छौँ । गाई घरमा पाल्ने जनावरमध्ये सबैभन्दा सरल र सिधा खालको जनावर हो । गाईलाई गोठमा राखेर पालिन्छ । गाईको दुध विशेष गरी आमा नभएका र आमाको दुधले नपुगेका बच्चाहरूलाई खान दिने गरिन्छ । त्यसैले गाईलाई आमा समान मानिन्छ । गाई उच्च पहाडदेखि तराईसम्म पाइन्छ। गाईका दुईवटा आँखा हुन्छन् । गाई ठुला प्रजातिका जनावर हुन् । मलाई मनपर्ने जनावरमध्ये गाई पर्दछ ।

0 reads

Published on 7/3/2024

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 2

Roll No: 35006

30

More Articles from

Student

Underline