मेरी आमा
मेरी आमाको नाम कोपिला फुयल बन्जारा हो । मेरी आमा ३४ वर्षकी हुनुभयो । मेरी आमाले मलाई र परिवारका सबै सदस्यहरूलाई मिठा मिठा खानेकुरा पकाएर खुवाउनुहुन्छ । आमाले मलाई सधैँ घरमा मैले नजानेका र मलाई गर्न नआएका गृहकार्य पूरा गर्न सहयोग गर्नुहुन्छ । आमाले मलाई सधैँ धेरै माया गर्नुहुन्छ । मेरा लागि मेरी आमा भगवान हो । आमाले म बिरामी भएको बेला घरमै विभिन्न घरायसी औषधी बनाएर खुवाउनुहुन्छ । आमाले मेरो विद्यालय आउँदा र घरमा बस्दा लगाउने कपडा सफा गरिदिनुहुन्छ । मेरी आमा घरको काम सकेर घरबाहिरको पनि काम गर्नुहुन्छ।
0 reads
Published on 7/5/2024
Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bilakshyan Banjara
Grade 2
Roll No: 35006
30
More Articles from
Student