बुद्ध जयन्ती
बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यस दिन बुद्धको जन्मदिन हो । बुद्धको जन्म लुम्बिनीको कपिलवस्तु जिल्लामा भएको थियो । राजा शुद्धोदन र मायादेवीका पुत्रकाे रूपमा उनको जन्म भएको थियो । उनको नाम सिद्धार्थ गौतम राखिएको थियो । उनको जन्मपछि उनकी आमाको मृत्यु भएकाले उनको हेरचाह सानीआमाले गरेकी थिइन् । बुद्ध सानैदेखि शान्त स्वभावका थिए । उनी २९ वर्षको उमेरमा दरबार छोडी बाहिर भिक्षु बन्न दरबार, परिवार, सम्पत्ति र सम्पूर्ण कुरा छोडेर भारतको बोधगयामा गई ध्यान गरेर बुद्धत्त्व प्राप्त गरी विश्वलाई ज्ञान दिए । उनलाई एशियाकाे तारा भनेर चिनिन्छ । बुद्धलाई अहिंसाको प्रतीक मानिन्छ । बुद्धलाई बौद्ध र हिन्दु धर्ममा भगवानका रूपमा मानिन्छ र बुद्ध जयन्तीमा पूजा आराधना गरिन्छ । उनको मृत्यु ८० वर्षको उमेरमा भएको थियो ।
0 reads
Published on 5/30/2024
Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bilakshyan Banjara
Grade 2
Roll No: 35006
30
More Articles from
Student