underline

कालोपाटी

Underline

Share:

परिचयः कालाेपाटी एउटा बालउपन्यास हो । यो कथा कपिलमणि ज्ञवालीले लेख्नुभएको हो । यसमा समित श्रेष्ठले चित्र बनाउनुभएको हो । यो कथा एउटा परिवारमा केन्द्रित भई आमाबुबा र दिदीभाइहरूलाई विभिन्न पात्रको रूपमा प्रस्तुत गरिएको छ । यो कथामा छोरीलाई विभेद गर्दा हुने असर र अवसर पाउँदा छोरीले गरेको प्रगति दुवैको चर्चा गरिएको छ । यसमा सुनैना, संयोग, सबिता र शशिधर यस उपन्यासका पात्र हुन् ।

विषयवस्तुः यो कथा एउटा गाउँमा रहेको पण्डितको परिवारमा केन्द्रित छ । त्यो परिवारमा पहिला छोरीको र पछि छोराको जन्म हुन्छ। छोराको जन्म हुँदा छैटीको पूजा गर्ने, घरमा नाचगान गर्ने र भोज समेत गरिएको पाइन्छ । तर छोरीको जन्म हुँदा त्यस्तो केही गरिँदैन । कथामा छोरालाई सजिलै स्कुल पठाइएको छ तर छोरीलाई नपठाएको देखिन्छ । छोरी आफ्नै जिद्दी तथा बुद्धिले स्कुल जान्छिन् । राम्ररी पढेर डाक्टर समेत बन्छिन् र गरिब बिरामीको उपचार गर्छिन् । कथाकी पात्र सुनैना ज्ञानी हुन्छिन् । उनले समाजमा भएको विभेद आफैँ भोग्छिन् । गाउँका शिक्षकले उनलाई स्कुल पठाउनु भन्दा पनि नमान्ने उनका बुबालाई भनेर आफू स्कुल जान्छिन् । ठुलो उमेरमा स्कुल जान पाउँदा खुसी हुन्छिन् तर सानो कक्षामा भाइसँगै पढ्ने गरी भर्ना पाउँछिन् । उनले आफूले पाएको अवसरको सदुपयोग गर्छिन् र देशको ठुलो डाक्टर हुन्छिन् । यस कथामा पढ्न र लेख्न सक्ने र जजमानी गर्दै हिँड्ने शशिधरले छोरा र छोरीमा विभेद गरेको उचित देखिएन । छोरा नै सबैथोक हो भनेर उसलाई मात्र सबै कुरा पुर्‍याएको देखियो । छोरीलाई घरको काम गरी गाईभैँसीको गोठालो गर्ने र बिहे गरी अर्कैको घरमा जाने भनेर हेपिएको छ ।

निष्कर्षः यो पुस्तकमा सुनैनाले आफैँ बुबासँग स्कुल जाने कुरा गर्छिन् । भाइलाई स्कुल पठाएको र आफूलाई नपठाएको कुरामा लज्जित बनाउँछिन् । ठुलो भएर स्कुल गएपनि मेहनत गरेर सधैँ प्रथम वा दोस्रो हुँदै छोरीले पनि राम्रो नतिजा ल्याउने कुरा प्रमाणित गर्छिन् । छोरीले अवसर पाएमा छोराको जस्तै राम्रो गर्न सक्ने कुरा सुनैना वीर अस्पतालको सबैभन्दा राम्रो डाक्टर भएको कुराले पुष्टि गर्छ । त्यसैले छोराछोरीमा विभेद नगरौँ । यो किताब सन्देशमूलक छ ।

0 reads

Published on 2/6/2026

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 3

Roll No: 35006

36

More Articles from

Student

Underline
Myself

Myself

Published 5/31/2023
My Favourite Fruit

My Favourite Fruit

Published 6/14/2023
आफ्नाे बारेमा

आफ्नाे बारेमा

Published 7/17/2023
My favourite place

My favourite place

Published 7/28/2023
My Pet Dog

My Pet Dog

Published 10/31/2023
Our Country

Our Country

Published 12/20/2023
The shark and the fish

The shark and the fish

Published 2/9/2024
Our Hiking

Our Hiking

Published 2/16/2024
मेराे विद्यालय

मेराे विद्यालय

Published 2/17/2024
मेरो कक्षाकोठा

मेरो कक्षाकोठा

Published 3/1/2024
The Earth

The Earth

Published 3/22/2024
Mother’s Day

Mother’s Day

Published 5/9/2024
मोबाइल

मोबाइल

Published 5/10/2024
गणतन्त्र दिवस

गणतन्त्र दिवस

Published 5/28/2024
My Holiday

My Holiday

Published 5/29/2024
बुद्ध जयन्ती

बुद्ध जयन्ती

Published 5/30/2024
World Environment Day

World Environment Day

Published 6/6/2024
मेरो मन पर्ने जनावर

मेरो मन पर्ने जनावर

Published 7/3/2024
मेरी आमा

मेरी आमा

Published 7/5/2024
Teej

Teej

Published 8/27/2024
दसैँ

दसैँ

Published 11/26/2024
Tour to Taplejung

Tour to Taplejung

Published 7/7/2025
Gautam Budhha

Gautam Budhha

Published 8/19/2025
Dharahara Visit

Dharahara Visit

Published 9/18/2025
If I Had a Time Machine

If I Had a Time Machine

Published 10/10/2025
Magic Plane

Magic Plane

Published 12/19/2025
 ताप्लेजुङ भ्रमण

ताप्लेजुङ भ्रमण

Published 12/22/2025
My Country Nepal

My Country Nepal

Published 1/5/2026
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 1/21/2026
पुस्तक समीक्षाः कालोपाटी

पुस्तक समीक्षाः कालोपाटी

Published 2/25/2026
Buddha and Buddha Jayanti

Buddha and Buddha Jayanti

Published 5/18/2026
विश्वको भूगोल

विश्वको भूगोल

Published 6/3/2026
My Family

My Family

Published 6/22/2026
पदयात्रा

पदयात्रा

Published 7/17/2026
World Cup 2026 Group Teams

World Cup 2026 Group Teams

Published 7/20/2026