underline

विश्वको भूगोल

Underline

Share:

पृथ्वीको सबैभन्दा ठुलो देश रूस हो भने सबैभन्दा सानो देश भ्याटिकन सिटी हो। पृथ्वीको करिब ७१% भाग पानीले ढाकिएको छ भने बाँकी भाग जमिन रहेको छ। विश्वको सबैभन्दा ठुलो मरुभूमि एन्टार्कटिका हो, तर सुख्खा मरुभूमिमध्ये सबैभन्दा ठुलो सहारा मरुभूमि हो। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत हो भने सबैभन्दा कम जनसङ्ख्या भएको देश भ्याटिकन सिटी हो। सबैभन्दा ठुलो महादेश एसिया हो भने सबैभन्दा सानो महादेश ओसिनिया (अस्ट्रेलिया) हो। सबैभन्दा ठुलो महासागर प्रशान्त (प्यासिफिक) महासागर हो भने सबैभन्दा सानो महासागर आर्कटिक महासागर हो।विश्वको सबैभन्दा ठुलो जङ्गल अमेजन वर्षावन हो। यो दक्षिण अमेरिकाका धेरै देशहरूमा फैलिएको छ। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हो, जुन नेपालमा अवस्थित छ।

विश्वको सबैभन्दा ठुलो ताल क्यास्पियन सागर हो भने सबैभन्दा ठुलो ताजा पानीको ताल सुपेरियर ताल हो। विश्वको सबैभन्दा लामो नदी नाइल नदी हो, जुन अफ्रिकामा बग्छ। पानीको बहावका आधारमा सबैभन्दा ठुलो नदी अमेजन नदी हो। विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका मानिन्छ भने सबैभन्दा ठुलो उपत्यका ग्रेट रिफ्ट उपत्यका हो। सबैभन्दा अग्लो स्थानमा रहेको ताल तिलिचाे ताल हो। विश्वको सबैभन्दा ठुलो चरा अस्ट्रिच हो भने सबैभन्दा सानो चरा बी हमिङबर्ड हो। सबैभन्दा ठुलो जनावर ब्लु व्हेल हो भने सबैभन्दा सानो स्तनधारी जनावर एट्रस्कन श्रु हो। विश्वको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज उत्तर–पूर्वी ग्रीनल्यान्ड राष्ट्रिय निकुञ्ज हो। सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज हो। नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर हो।

3 reads

Published on 6/3/2026

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 4

Roll No: 35006

34

More Articles from

Student

Underline