underline

पदयात्रा

Underline

Share:

पदयात्रा

विद्यालयको भित्तेपात्राे अनुसार हामी कक्षा ३ का साथीहरू र गुरुआमासँगै काठमाडौँको तारेभिरसम्म पदयात्रामा गयौँ । सुरुमा हामीले विद्यालयमा खाना खायौँ र करिब १० बजे विद्यालयको बसबाट हामी जगडोल झन्डा पार्कसम्म गयौँ । करिब हामी आधा घण्टा झन्डा पार्कमा घुम्यौँ । त्यहाँ नेपालको ठुलो झन्डा फहराइरहेको थियो। त्यहाँ देखि हामी बसमा केही अगाडिसम्म गयौँ । त्यहाँ हाम्रो पदयात्रा सुरु भयो। हामीलाई सरिना गुरुआमाले बाटो देखाउँदै अगाडि हिँड्नुभयो र हामी गुरुआमालाई पछ्याउँदै पछिपछि हिँड्यौँ । हाम्रो सुरक्षाको लागि सबैभन्दा पछाडि सबिन सर हुनुहुन्थ्यो। हामी साथीहरू एकआपसमा भलाकुसारी गर्दै अगाडि बढिरह्यौँ । हामी हिँड्दै गर्दा केही कुकुरहरू हाम्रो साथी बनेर बाटो देखाउँदै हिँडिरहे । त्यो देखेर हामी रमायौँ । बाटोमा हामीले पदयात्रा गर्दा ठुला ठुला ढुङ्गा, रुखबिरुवा, पहाड र खोल्सा, सानो झरना, जनावर आदि विभिन्न चिजहरू देख्यौँ । पदयात्राको क्रममा हामी शिवपुरी राष्ट्रिय निकुञ्ज पुग्यौँ। त्यहाँ ठुलो जङ्गल थियो । राष्ट्रिय निकुञ्जको बाटो हुँदै तारेभिर डाँडा पुग्यौँ । त्यहाँ ठुलो जङ्गल थियो । डाँडामा हलिउडको जस्तै ठुलो अक्षरमा तारेभिर अङ्ग्रेजीमा लेखिएको थियो। त्यहाँबाट हामीले काठमाडौँ सहर हेर्‍याैँ । त्यहाँबाट काठमाडौँ हेर्दा धेरै घरहरू मात्रै थिए। हरियाली केही थोरै ठाउँमा मात्र देखियो। हामी लगभग तीन घण्टाको पदयात्रामा हिँड्यौँ । तारेभिरबाट फर्केर केही तल पुगेपछि आफूले बोकेका खाजा बाँडीचुँडी खायौँ । पदयात्रा गर्दा केही साथीहरू चिप्लेर लडे काेही साथीहरूे हिँड्न गाह्रो भयो भने । हामीले एकअर्का साथीहरूलाई सहयोग गर्दै पदयात्रा पूरा गर्‍याैँ । पदयात्रा पूरा गरेपछि बस चढेर पुन हामी विद्यालयतर्फ फर्कियौँ ।

1 reads

Published on 7/17/2026

Image

Bilakshyan Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bilakshyan Banjara

Grade 4

Roll No: 35006

36

More Articles from

Student

Underline
Myself

Myself

Published 5/31/2023
My Favourite Fruit

My Favourite Fruit

Published 6/14/2023
आफ्नाे बारेमा

आफ्नाे बारेमा

Published 7/17/2023
My favourite place

My favourite place

Published 7/28/2023
My Pet Dog

My Pet Dog

Published 10/31/2023
Our Country

Our Country

Published 12/20/2023
The shark and the fish

The shark and the fish

Published 2/9/2024
Our Hiking

Our Hiking

Published 2/16/2024
मेराे विद्यालय

मेराे विद्यालय

Published 2/17/2024
मेरो कक्षाकोठा

मेरो कक्षाकोठा

Published 3/1/2024
The Earth

The Earth

Published 3/22/2024
Mother’s Day

Mother’s Day

Published 5/9/2024
मोबाइल

मोबाइल

Published 5/10/2024
गणतन्त्र दिवस

गणतन्त्र दिवस

Published 5/28/2024
My Holiday

My Holiday

Published 5/29/2024
बुद्ध जयन्ती

बुद्ध जयन्ती

Published 5/30/2024
World Environment Day

World Environment Day

Published 6/6/2024
मेरो मन पर्ने जनावर

मेरो मन पर्ने जनावर

Published 7/3/2024
मेरी आमा

मेरी आमा

Published 7/5/2024
Teej

Teej

Published 8/27/2024
दसैँ

दसैँ

Published 11/26/2024
Tour to Taplejung

Tour to Taplejung

Published 7/7/2025
Gautam Budhha

Gautam Budhha

Published 8/19/2025
Dharahara Visit

Dharahara Visit

Published 9/18/2025
If I Had a Time Machine

If I Had a Time Machine

Published 10/10/2025
Magic Plane

Magic Plane

Published 12/19/2025
 ताप्लेजुङ भ्रमण

ताप्लेजुङ भ्रमण

Published 12/22/2025
My Country Nepal

My Country Nepal

Published 1/5/2026
मेरो देश नेपाल

मेरो देश नेपाल

Published 1/21/2026
कालोपाटी

कालोपाटी

Published 2/6/2026
पुस्तक समीक्षाः कालोपाटी

पुस्तक समीक्षाः कालोपाटी

Published 2/25/2026
Buddha and Buddha Jayanti

Buddha and Buddha Jayanti

Published 5/18/2026
विश्वको भूगोल

विश्वको भूगोल

Published 6/3/2026
My Family

My Family

Published 6/22/2026
World Cup 2026 Group Teams

World Cup 2026 Group Teams

Published 7/20/2026