कुमारी
कुमारी
कुमारी नेपालकाे जिउँदाे देवीकाे रुपमा मानिन्छ । कुमारी प्ररथा कान्तिपुरकाे अन्तिम मल्ल राजा जयप्रकाश मल्लले सुरु गरेका थिए । कुमारी प्रथाका पछाडि धेरै किंवदन्तीहरू छन् । राजा जयप्रकाश मल्लसँग भगवान तलेजु राति पास खेल्नुहुन्थ्याे । एकदिन राजा जयप्रकाश मल्लले भगवान तलेजुलाई नराम्राे तरिकाले हेर्नुभयाे । भगवान तलेजु रिसाउनुभयाे र उहाँले राजासँग पास कहिले खेल्न नआउने भन्नुभयाे । राजा जयप्रकाश मल्ल धेरै उदास हुनुभयाे । एक रात तलेजु राजाकाे सपनामा आउनुभयाे । सपनामा उहाँलेभन्नुभयाे “म एउटी सानी बालिकाकाे शरीरमा प्रवेश गर्छु र त्यस बालिकालाई तिमीले मानेर राख्याै भने म तिम्राे देशलाई अशीर्वाद दिन्छु ।” भाेलिपल्ट त्यही बालिकालाई राजाले भेट्नुभयाे । राजाले त्यस बालिकालाई मानेर घर पनि बनाइदिनुभयाे । त्यही दिनदेखि कुमारी प्रथा चलेकाे हाे .
2 reads
Published on 1/21/2026
Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarun Maharjan
Grade 5
Roll No: 33029
20
More Articles from
Student