underline

मातातीर्थ औँसी

Underline

Share:

मातातीर्थ औँसीको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । मातातीर्थ औँसी वैशाख कृष्ण पक्षको औँसीमा पर्छ । यो दिनमा हामी आमालाई मिठा मिठा खाने कुरा दिन्छौँ । आमालाई सम्मान गर्छौं । आमालाई उपहार दिन्छौँ । आमालाई माया गर्छौं । आमालाई लुगा पनि दिन्छौँ र खुट्टा ढोग्छौँ । यो पर्व हिन्दुहरूले मनाउँछन् । आमा नभएकाहरूले पनि आफ्नी आमाको  मुक्तिको लागि कामना गर्दै श्राद्ध गर्छन् । यस दिन मठमन्दिरमा गएर आमाको नाममा पुरेत बाजेहरूलाई दान गरिन्छ । मातातीर्थ औँसीमा मात्र नभई हामीले सधैँ आमालाई माया र सम्मान गर्नुपर्छ।

0 reads

Published on 7/3/2024

Image

Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sarun Maharjan

Grade 4

Roll No: 33029

20

More Articles from

Student

Underline