समयको महत्त्व
समय मानिसको जीवनमा सबैभन्दा बहुमूल्य सम्पत्ति हो। बितेको समय फेरि कहिल्यै फर्केर आउँदैन। त्यसैले समयको सही सदुपयोग गर्नुपर्छ। समयलाई सम्मान गर्ने मानिस जीवनमा सफल हुन्छ।
विद्यार्थीले पढाइ, खेलकुद र आरामका लागि समय मिलाएर काम गर्नुपर्छ। गृहकार्य समयमै गर्नुपर्छ। बिहान चाँडै उठ्ने, विद्यालय समयमै जाने र नियमित अभ्यास गर्ने बानी राम्रो हुन्छ।
समयको दुरुपयोग गर्ने मानिस पछि पछुताउनुपर्छ। आलस्य र ढिलासुस्तीले सफलता प्राप्त गर्न सकिँदैन। सानो काम पनि समयमा गरे सजिलो हुन्छ।
हामीले दैनिक समयतालिका बनाएर काम गर्नुपर्छ। समयको मूल्य बुझ्ने बानीले भविष्य उज्ज्वल बनाउँछ। त्यसैले समयको सदुपयोग गर्नु प्रत्येक विद्यार्थीको कर्तव्य हो।
1 reads
Published on 8/26/2026
Sarun Maharjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sarun Maharjan
Grade 6
Roll No: 33029
24
More Articles from
Student