underline

छठ पर्वका रोचक तथ्यहरू

Underline

Share:

छठ पर्व हिन्दु धर्मका सबैभन्दा पुराना र पवित्र पर्वमध्ये एक रहेको छ । यो मुख्य रूपमा भारतको बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, ओडिसा र नेपालका मधेस क्षेत्रहरूमा मनाइन्छ । यस पर्व सूर्यदेवता तथा छैठी मैयालाई समर्पित गरेर मनाइने हुनाले यसको उद्देश्य सूर्य भगवानलाई कृपा र स्वास्थ्यका लागि धन्यवाद दिनु हो।

‘छठ’ शब्द हिन्दी, मैथिली र अन्य स्थानीय भाषामा छ, अर्थात् छैटाैँ दिन भन्ने अर्थमा प्रयोग भएको हो तर इतिहासमा यो शब्द संस्कृतको ‘षष्ठी’ बाट आएको भन्ने मान्यता रहेको छ। यसलाई एक प्राचीन वैदिक हिन्दू पर्व मानिन्छ, जुन कार्तिक शुक्ल पक्षकाे षष्ठी वा छैटौँ दिन सूर्यदेवले पृथ्वीमा दिनुभएकाे जीवनको आशीर्वादका लागि धन्यवाद दिने उद्देश्यले मनाइन्छ । यस पर्वसँग सम्बन्धित रोचक तथ्यहरू यस प्रकार रहेका छन्:

१. छठ पर्वलाई पहिलोपटक गर्मी सुरु हुनुअघि र दोस्रोपटक अक्टोबर तथा नोभेम्बरतिर जाडो सुरु हुनु अघि गरी एक वर्षमा दुई पटक मनाइन्छ।

२. छठ पर्व एकमात्र हिन्दू पर्व हो जसमा सूर्यदेव तथा छैठी मैया (जसलाई वेदकी देवी उषा पनि भनिन्छ) लाई समर्पित गरिन्छ।

३. यो सबैभन्दा पुरानो हिन्दू पर्वहरूमध्ये एक मानिन्छ।

४. बिहान र साँझमा सूर्यका किरणहरू शरीरका लागि सबैभन्दा कम हानिकारक र फाइदाजनक हुने भएकाले ती समयमा छठ पूजा गरिन्छ ।

५. यो सबैभन्दा पुरानो पर्व भएकाले महाभारतमा पनि यस पर्वको उल्लेख गरिएको पाइन्छ, जहाँ द्रौपदीले यस पर्वको व्रत गरेको उल्लेख छ।

६. जब कुनै परिवारको सदस्यले छठ पर्व मनाउन सुरु गरेपछि त्यसलाई पुस्तौँसम्म निरन्तर मनाइरहनुपर्छ। अपवादका रूपमा मात्र गम्भीर बिरामी वा परिवारमा मृत्यु भएमा रोक्न पाइन्छ।

७. छठ पर्व पुजारी वा पण्डित बिना मनाइने एकमात्र हिन्दू पर्व हो, जहाँ सबै विधिहरू परिवारका सदस्यहरूले नै गर्दछन्।

८. छठ पर्वको मुख्य आधार पवित्रता रहेको छ, त्यसकारण भक्तहरूले नदी वा पोखरीमा पवित्र स्नान गर्दछन् र चार दिनसम्म व्रत बस्दछन्।

९. यस पर्वले शरीर र मनलाई शुद्ध बनाउने, क्रोध, ईर्ष्या, घृणा र नकारात्मक भावना घटाउने तथा प्रतिरक्षा शक्ति बढाउने विश्वास गरिन्छ।

१०. सूर्यको पूजा गर्ने प्रथा केवल भारत र नेपालमा मात्र नभई मिश्र, बेबिलोन, त्रिनिडाड र टोबागो, मौरीसस, फिजी जस्ता देशहरूमा पनि पाइन्छ। यद्यपि तिनीहरूले यसलाई छठको नामले नबोलाए पनि सूर्यको पूजा गर्ने परम्परा भने चलिरहेको छ।

११. सूर्यको पूजा गर्दा चर्मरोग, कुष्ठरोग जस्ता रोगहरू घट्ने र दीर्घायु हुने विश्वास गरिन्छ।

तसर्थ, छठ पर्व एक पूजा वा व्रत मात्र नभई यो जीवनमा अनुशासन, पवित्रता र प्रकृतिप्रतिको सम्मान सिकाउने पर्व हो । यसले मानिसहरूलाई एकतामा बाँध्दछ र सकारात्मक सोच जगाउँदछ। यो सूर्यको आराधना मात्र नभई आत्मशुद्धि र सकारात्मक जीवनशैलीको प्रतीक पनि हो । हामी सबैले यस पर्वको असल सन्देश पालना गर्नुपर्छ।

0 reads

Published on 10/27/2025

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 9

Roll No: 29063

24

More Articles from

Student

Underline
कर्तव्यबोध

कर्तव्यबोध

Published 7/26/2023
विजयादशमीकाे दैनिकी

विजयादशमीकाे दैनिकी

Published 11/7/2023
Freedom Fighter

Freedom Fighter

Published 11/23/2023
Living Forever Blessing or Curse

Living Forever Blessing or Curse

Published 12/22/2023
समयको महत्त्व

समयको महत्त्व

Published 2/9/2024
Being Mindful of Time

Being Mindful of Time

Published 3/20/2024
आमाको ममता

आमाको ममता

Published 5/14/2024
लोकतान्त्रिक गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र

Published 6/1/2024
युवा सक्रियता

युवा सक्रियता

Published 8/22/2024
कलकल छहरा

कलकल छहरा

Published 9/18/2024
भविष्यको प्रविधि

भविष्यको प्रविधि

Published 11/16/2024
A student’s life

A student’s life

Published 6/27/2025
My Father: A Silent Teacher of Life

My Father: A Silent Teacher of Life

Published 8/21/2025
Bittersweet Moments of Childhood

Bittersweet Moments of Childhood

Published 9/4/2025
The Secret Life of Trees

The Secret Life of Trees

Published 11/10/2025
आधुनिक समाजमा परिवारको भूमिका

आधुनिक समाजमा परिवारको भूमिका

Published 12/24/2025
पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

Published 2/19/2026
The Archer

The Archer

Published 2/26/2026
समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

Published 3/9/2026
माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको  सँगालो

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

Published 6/9/2026
From Signals to Screens: Digital communication

From Signals to Screens: Digital communication

Published 6/10/2026
Book Review: Like the Flowing River

Book Review: Like the Flowing River

Published 7/10/2026
Hiking to Fung Fung Waterfall

Hiking to Fung Fung Waterfall

Published 9/22/2026