underline

युवा सक्रियता

Underline

Share:

देशमा परिवर्तन ल्याउन देशका युवाहरूको ठुलो भूमिका हुन्छ । युवाहरू बिनाको देश भनेको बिना किताबको पढाइ जस्तै हो र आजभाेलि नेपालका सबै युवा विदेश लागिरहेका छन् । २०७८ को जनगणनाअनुसार २१ लाख युवा बाहिरी देशमा छन् र यस कारणले पनि नेपाल अल्प विकसित देशको रूपमा गनिन्छ । यसकारणले युवा सक्रियताको ठुलो भूमिका  रहेको छ । यसमा युवाहरूले सामाजिक, राजनीतिक, आर्थिक र पर्यावरणीय क्षेत्रमा परिवर्तन ल्याउनको लागि विभिन्न कार्यहरू गर्दछन् । जस्तै: सामाजिक सञ्जालका लागि अभियान, सामुदायिक आयोजना, समाजमा समस्याहरूलाई मिलाएर छलफल आदि। नेपाल‌मा युवा सक्रियता परिवर्तनको लागि महत्त्वपूर्ण साधन बनेको छ । जसले युवालाई विदेश जान र समाजलाई नयाँ दिशातिर मोड्ने काम गर्दछ ।

नेपाली युवाहरू विभिन्न मुद्दाहरूमा सक्रिय छन् । जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य, मानव अधिकार जस्ता प्रमुख मुद्दाहरूका लागि  नेपाली युवाहरूले २०७५ सालमा ‘फ्राइडे फर फ्युचर’ नामक अभियान सुरु गरेका थिए । यस्ता अभियानले युवाहरूलाई विभिन्न सामाजिक समस्याबारे सचेत गर्दछ । उनीहरूले प्राविधिक विकास र वैज्ञानिक अनुसन्धान जस्ता क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछन् ।

समाज र प्रविधि क्षेत्रबाहेक रोजगार क्षेत्र पनि महत्त्वपूर्ण छ किनकि हाम्रो नेपाली समाज अहिले विकृति र समस्याले भरिपूर्ण छ । त्यसैले समाजमा युवाहरूलाई विभिन्न अवसर प्रदान गरे बेरोजगारीको समस्या कम गर्न सकिन्छ । जब उनीहरू आत्मनिर्भर बन्छन् तब उनीहरूले राष्ट्रको आर्थिक तथा सामाजिक स्थितिलाई बलियो बनउन सक्छन् ।

राज‌नीति र सामाजिक कार्यमा युवाहरूको सहभागिताले समाजमा ठुलो परिवर्तन ल्याउन सक्छ । युवा नेताहरू समाजमा भ्रष्टचार, असमानता र अन्य सामाजिक समस्याहरू विरुद्ध आवाज उठाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् र समाजका कमजोर वर्गहरू‌लाई सहायता गर्न विभिन्न कार्यहरू गर्दछन् ।

युवाहरू‌को समाज सेवाप्रतिको भावनाले समाजलाई एक राम्रो स्थान बनाउन मदत गर्छ किनकि उनीहरूले वातावरण सरंक्षण, स्वास्थ्य सेवा, शिक्षा, जस्ता विकासका पूर्वाधारको क्षेत्रमा पनि योगदान पुर्‍याउँछ ।

युवाहरूको सक्रियताले समाजमा सकारात्मक परिवर्तन सम्भव छ र यसका लागि समाज र सरकारले युवाहरूलाई  मदत पुर्‍याउन असाध्यै आवश्यक छ । शिक्षा, रोजगार, राजनीति र सामाजिक कार्यहरूमा युवाहरूको सक्रिय सहभागितालाई हौसला दिन विभिन्न कार्यक्रमको आयोजना पनि गर्नुपर्दछ । यससँग युवाहरूलाई आफ्ना अधिकार, दायित्त्व र कर्तव्यप्रति जागरुक गर्न पनि असाध्यै आवश्यक छ । उनीहरूलाई समाजमा भइरहेका समस्याप्रति संवेदनशील बनाउनु र ती समस्या  समाधानका लागि प्रेरित गर्नु पनि आवश्यक छ ।

0 reads

Published on 8/22/2024

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 8

Roll No: 29063

21

More Articles from

Student

Underline