आमाको ममता
आमा जननी तिमी हाम्री
संसार देखाउने तिमी छाै राम्री।
दुःख, कष्ट के हाे र तिमीलाई
सबै कुरा बिर्सिन्छाै हुर्काउँदा हामीलाई
न दिन न रात
न्यानो तिम्रो साथ
खुसी खुसी पूरा गर्याै
अनगिन्ती हाम्राे माग।
म रुँदा तिमीलाई कति पीडा भयो
मेरो पाइलाले तिमीलाई कति खुसी ल्यायो
मेरो शब्द तिमीलाई कस्तो अमृत भयो
तिम्रोभन्दा मेरो ख्याल तिमीलाई कति प्याराे भयाे ।
सक्दिनँ म तिम्रो गुण तिर्न
तिम्राे हेरचाहमा लगाउँछु मेरो मन
सर्छु अघि तिमीलाई खुसी पार्न
भन्छ्याै सधैँ तिमीले मलाई देशकाे सेवा गर्न।
0 reads
Published on 5/14/2024
Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sambridhi Gelal
Grade 8
Roll No: 29063
21
More Articles from
Student