underline

लोकतान्त्रिक गणतन्त्र

Underline

Share:

लोकतन्त्र ग्रिक शब्द "देमोस "र "क्रतोस" बाट उत्पत्ति भएको मानिन्छ । देमोस भनेको जनता र क्रतोस भनेको शासन भनेर बुझिन्छ । लोकतन्त्र प्रजातन्त्रको अर्को शब्द हो। त्यसैले, प्रजातन्त्र भनेको जनताको शासन हो । पाचौँ शताब्दीतिर रोममा प्रजातन्त्रको अभ्यास सुरु भयो । तेह्रौँ शताब्दीतिर बेलायतमा प्रजातन्त्रको अभ्यासलाई व्यवस्थित गरिएको थियो । पछि विकास हुँदै जाँदा दोस्रो विश्वयुद्धपछि प्रजातन्त्रको व्यापक अभ्यास हुन थाल्यो । नेपालमा भने लोकतन्त्रको सुरुवात वि.सं. २००७ मा भएको हो । केही वर्षसम्मको अवधिमा राजनीतिक परिपक्वता तथा संस्कारको अभावमा प्रजातन्त्रको विकास आशा गरेअनुसार भएन । यसै क्रममा वि.स. २०१७ मा पञ्चायती व्यवस्थाको सुरुवात भएसँगै प्रजातन्त्रको विकासमा धेरै बाधा आयो । त्यसपछि वि.सं. २०४६ पछि लोकतन्त्रको पुनःस्थापना भयो । जनतामा राजनीतिक चेतनाको विकास हुने क्रम सुरु भयो ।

त्यसपछि वि.सं २०६२/२०६३ तिरको दोस्रो जन आन्दोलनपछि मात्र लोकतन्त्र शब्दको प्रयोगले व्यापकता पायो । अहिले लोकतन्त्रलाई सबैभन्दा उत्तम शासन व्यवस्था मानिन्छ । किनभने वि.सं. २०६२/६३ तिर लोकतन्त्रलाई जनताको शासनका रूपमा लिने परिपाटीको सुरुवात भएको थियो । लोकतन्त्र यस्तो व्यवस्था हो जसमा जनताले छानेका प्रतिनिधिहरूले शासन गर्दछन् र त्यस प्रतिनिधिहरूले जनताको इच्छाअनुसार शासन गर्नुपर्दछ । यदि त्यस्तो नगरे अर्को निर्वाचनमा जनताले दण्डित गर्दछन् । लोकतन्त्रमा जनताद्वारा छानिएका प्रतिनिधिहरूले सरकार प्रमुख वा राष्ट्रप्रमुख छनोट गर्दछन । यसरी राष्ट्रप्रमुख जनताबाट निर्वाचित प्रतिनिधिको शासन व्यवस्थालाई नै लोकतान्त्रिक गणतन्त्र मानिन्छ ।

नेपालमा वि. सं २०६५ भन्दा अघि संवैधानिक राजतन्त्र थियो तर वि.सं. २०६५ जेठ १५ गते सविंधान सभाको पहिलो बैठकले नै नेपालमा गणतन्त्रको स्थापना गरेको थियो । नेपालमा सङ्‌घीय प्रणालीअनुसार शासन व्यवस्था सञ्चालित गरिएको छ। त्यसैले लोकतन्त्र जनताको शासन व्यवस्था हो।

0 reads

Published on 6/1/2024

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 8

Roll No: 29063

24

More Articles from

Student

Underline
कर्तव्यबोध

कर्तव्यबोध

Published 7/26/2023
विजयादशमीकाे दैनिकी

विजयादशमीकाे दैनिकी

Published 11/7/2023
Freedom Fighter

Freedom Fighter

Published 11/23/2023
Living Forever Blessing or Curse

Living Forever Blessing or Curse

Published 12/22/2023
समयको महत्त्व

समयको महत्त्व

Published 2/9/2024
Being Mindful of Time

Being Mindful of Time

Published 3/20/2024
आमाको ममता

आमाको ममता

Published 5/14/2024
युवा सक्रियता

युवा सक्रियता

Published 8/22/2024
कलकल छहरा

कलकल छहरा

Published 9/18/2024
भविष्यको प्रविधि

भविष्यको प्रविधि

Published 11/16/2024
A student’s life

A student’s life

Published 6/27/2025
My Father: A Silent Teacher of Life

My Father: A Silent Teacher of Life

Published 8/21/2025
Bittersweet Moments of Childhood

Bittersweet Moments of Childhood

Published 9/4/2025
छठ पर्वका रोचक तथ्यहरू

छठ पर्वका रोचक तथ्यहरू

Published 10/27/2025
The Secret Life of Trees

The Secret Life of Trees

Published 11/10/2025
आधुनिक समाजमा परिवारको भूमिका

आधुनिक समाजमा परिवारको भूमिका

Published 12/24/2025
पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

Published 2/19/2026
The Archer

The Archer

Published 2/26/2026
समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

Published 3/9/2026
माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको  सँगालो

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

Published 6/9/2026
From Signals to Screens: Digital communication

From Signals to Screens: Digital communication

Published 6/10/2026
Book Review: Like the Flowing River

Book Review: Like the Flowing River

Published 7/10/2026
Hiking to Fung Fung Waterfall

Hiking to Fung Fung Waterfall

Published 9/22/2026