underline

कर्तव्यबोध

Underline

Share:

सबै मानिसको आआफ्नै अधिकार र कर्तव्य हुन्छ। मानिसले आफ्नो कर्तव्य, पूरा गर्‍याे भने, उसले अधिकार पाउँछ। सामान्य शब्दमा, कर्तव्य भनेको जिम्मेवारी हो र सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। साना ठुला, नेता, डाक्टर, विद्यार्थी, किसान, मन्त्री, प्रधानमन्त्री, पाइलट, सबैको आ-आफ्नै कर्तव्य हुन्छ I उदाहरणमा, शिक्षकले राम्रोसँग पढाउनुभएन भने विद्यार्थीले बुझ्दैन र विद्यार्थीले राम्रोसँग नपढे, उनीहरूले पछि आफ्नो र साथै देशको विकास गर्न सक्दैन । त्यसै गरी नेताले राम्रो सेवा, असल नियतले आफ्नो काम, कर्तव्यबोध र काम गरेनन भने देशको विकास हुँदैन। नागरिकले पनि आफ्नो कर्तव्य पूरा गरेन भने समाज विकसित हुन सक्दैन, त्यसैले सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ lहरेक नागरिक आफ्नो देशतर्फ वफादार. र सहयोगी हुनुपर्छ र त्यस नागरिकसँग देशप्रेमको भावना हुनुपर्छ। हरेक राज्यको आफ्नै नियम हुन्छ जस्तै, कर समयमा तिर्ने, राज्यको सम्पत्तिको संरक्षण गर्ने, राज्यको कानुन र नियम तथा ट्राफिक नियमको पालना गर्ने, आफू बस्ने समाज सफा राख्ने, आदि । यी नियमहरूको पालना गरे हामी एक असल नागरिक बन्न सक्छौँ र राज्यको पनि विकास हुन्छ । विद्यार्थीको पनि आफ्नै कर्तव्य हुन्छ शिक्षक शिक्षिकाले पढाइएको राम्रोसँग पढ्ने र शिक्षक शिक्षिकाले दिएको जान बुझ्ने, विद्यार्थीको सबैभन्दा महत्वपूर्ण कर्तव्य हो । पढाइ बाहेक विद्यार्थीले बुझ्नुपर्ने कर्तव्य भनेको ठूला मान्यजनलाई अभिवादन गर्ने र आफूभन्दा सानालाई माया गर्ने, अभिभावकले दिएको सल्लाह मान्ने, सबैसँग मिलेर बस्ने, अनुशासित भई बस्ने, परिवार, समाजका काममा सहयोग गर्ने, विद्यालयको नियमको पालना गर्ने, सामुदायिक क्रियाकलापमा सहभागी हुने, आदि हुन् र यी नियमको पालना गरे, हामी एक असल विद्यार्थी बन्न सक्छौँ l त्यसै गरी राज्यको पनि आफ्नै कर्तव्य हुन्छ l राज्यको जनताप्रति, कर्मचारीप्रति,, राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय प्रति छुटाछटै कर्तव्य हुन्छ । राज्यले जनताका लागि जनचेतना जगाउँछ, रोजगारी सिर्जना गर्छ, गुणस्तरीय शिक्षा, स्वास्थ्य, प्रधान गर्छ र अन्तर्राष्ट्रिय निकारप्रति राज्यको व्यपहारिक सम्बन्ध, पर्यटकिय सम्बन्ध आदि रहेको छ lजुनसुकै उमेर समूहको, पेसा, वर्ग, जाति, धर्मको भए तापनि सबैको आ-आफ्नो कर्तव्य हुन्छ। आफ्नो आफ्नो ठाउँमा बसेर आफ्नो कर्तव्य गर्न कसैले छाडनु वा बिर्सिन हुँदैनl एक असल नागरिकको कर्तव्य भनेर आफ्नो देश तर्फ जिम्मेवार, देशप्रमी, राज्यको सम्पत्तिको संरक्षण गर्ने, हुनुपर्छ र एक असल विद्यार्थी हुनका लागि हामी मिहिनेत गरी पढनुपर्छ र ठुला मान्यजनले भूनेको कुरा मान्नुपर्छ। यदि हामीले यी कर्तव्यको पालना गर्‍याैँ भने देश विकसित हुन्छ त्यसैले हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ l

0 reads

Published on 7/26/2023

Image

Sambridhi Gelal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sambridhi Gelal

Grade 7

Roll No: 29063

24

More Articles from

Student

Underline
विजयादशमीकाे दैनिकी

विजयादशमीकाे दैनिकी

Published 11/7/2023
Freedom Fighter

Freedom Fighter

Published 11/23/2023
Living Forever Blessing or Curse

Living Forever Blessing or Curse

Published 12/22/2023
समयको महत्त्व

समयको महत्त्व

Published 2/9/2024
Being Mindful of Time

Being Mindful of Time

Published 3/20/2024
आमाको ममता

आमाको ममता

Published 5/14/2024
लोकतान्त्रिक गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र

Published 6/1/2024
युवा सक्रियता

युवा सक्रियता

Published 8/22/2024
कलकल छहरा

कलकल छहरा

Published 9/18/2024
भविष्यको प्रविधि

भविष्यको प्रविधि

Published 11/16/2024
A student’s life

A student’s life

Published 6/27/2025
My Father: A Silent Teacher of Life

My Father: A Silent Teacher of Life

Published 8/21/2025
Bittersweet Moments of Childhood

Bittersweet Moments of Childhood

Published 9/4/2025
छठ पर्वका रोचक तथ्यहरू

छठ पर्वका रोचक तथ्यहरू

Published 10/27/2025
The Secret Life of Trees

The Secret Life of Trees

Published 11/10/2025
आधुनिक समाजमा परिवारको भूमिका

आधुनिक समाजमा परिवारको भूमिका

Published 12/24/2025
पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

पुस्तकानुभूति :अविश्रान्त लघु कथा पढेपछि

Published 2/19/2026
The Archer

The Archer

Published 2/26/2026
समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

समृद्ध राष्ट्र निर्माणमा जेन जी पुस्ताको भूमिका

Published 3/9/2026
माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको  सँगालो

माध्यमिक नेपाली निबन्धमाला : भाषा, शैली र अभिव्यक्तिको सँगालो

Published 6/9/2026
From Signals to Screens: Digital communication

From Signals to Screens: Digital communication

Published 6/10/2026
Book Review: Like the Flowing River

Book Review: Like the Flowing River

Published 7/10/2026
Hiking to Fung Fung Waterfall

Hiking to Fung Fung Waterfall

Published 9/22/2026