राष्ट्रिय सम्पत्ति
हरियो वन हाम्रो धन,नेपालीले भन्छन्।सङ्गीतले प्रीति रच्ने सङ्गीतकारले गुन्छन् ।हिमालदेखि तराइमा, शङ्करको बास छ।यही विशाल भण्डारसँग सबैकाे आश छ ।जननी जन्मभूमि स्वर्गभन्दा ठुलो। यही भूमिले दिन्छ सबलाई ओखतीमूलाे ।बुद्धको सिर्जना, हिमाल मेरो हाँस्छ।शान्तिको सन्देशले सबकाे मन राख्छ ।सबैभन्दा महान्, यो देश हाम्रो हाँस्छ।हाम्राे राम्राे कर्मले हाम्राे देश बाँच्छ ।बहुभाषी, बहुधर्मी, बहुसंस्कृतिको भेष ।भेदभाव नभएको, ऐतिहासिक देश ।स्वतन्त्रता, जनताको अधिकार लोकतन्त्र,शान्ति, सुरक्षा, समृद्धिको लागि अर्थतन्त्र,शिक्षा, स्वास्थ्य, रोजगारको कमी पनि सत्र ।राष्ट्रिय एकता जगाउने वस्त्र। हिमाल र तराई हो सुन्दर शान्ति छाया।जय जय नेपाल हो, प्रीती रच्ने माया।
0 reads
Published on 6/19/2023
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 7
Roll No: 29047
41
More Articles from
Student