मेरो देशको सुगन्ध
मेरो देशको माटो, सुनौलो र धनी
फेरि किन जान्छौ, त्यो परदेशी भूमि
यहाँ छ हिमाल, तिम्रो माया गाउँ
मुटुमा राखी, किन जान्छौ टाढा ।
यहाँको फूलको सुवास कस्तो मिठो
हिमालको छाया, किन बिर्सन्छौ आज
यहाँको त्यो गीत, जुनले गर्छ नाच
फेरि किन जान्छौ, त्यो परदेशी बाटो ।
मेरो देशको प्रेम, कति मीठो यहाँ
सपना तिम्रो पूरा, यही गर्न सक्छौ
पर्खाललाई चुम्दै, नयाँ सपना बुन
यो देशलाई माया गर, यहाँ नै बस ।
तिमीलाई सम्झी, यो गाउँले बोल्छ
नछोड देशलाई, यहीँ नै खुशी खोज
सामूहिक प्रगति, तिम्रो हातमा छ
मेरो देशको माया, तिम्रो हृदयमा छ ।
आफ्नो देशको माया, नबिर्सिनु कहिल्यै
यहाँ नै बसौँ, भविष्य बनाऊँ सँगै
यो देशको सुगन्ध सधैँ साथ होस्
फेरि नजाऊँ टाढा, यो भूमि हाम्रो होस् ।
0 reads
Published on 8/24/2024
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 8
Roll No: 29047
41
More Articles from
Student