सङ्घर्ष
सपनाको सहर छोडेर आज म एक्लै
यो जीवनको बाटोमा अघि बढ्दै छु, मनका सबै भावनालाई लुकाएर
म पनि मुस्कानको नाटकमा
अझै रमाउँदै छु ।
फूलको सुगन्धझैँ सुकाउँदै हिँडेको
यो संसारले कति दुःखका कथा बोकेको छ, जीवनको रङ्गमञ्चमा हरेक पात्रले
लेखेको छ आफ्नै पीडाको श्रृङ्खला चुपचाप ।
हिमालको शिखर चुम्न चाहने हरकोहीले
पहाडको भारलाई सजिलै सहनुपर्छ, समयले दिएको चोटलाई सहेपछि मात्र
सपनाको सार्थकता आफैँले भेट्न सक्छ ।
हर रात सपनाहरू सजीव हुने
तर वास्तविकतामा फेरि ती सपनाहरू मर्छन्, आफ्नै आँखामा बग्ने आँसुहरूलाई सम्हालेर
हरेक मानिस अन्धकारमा लर्छन् ।
पानीले बगाएको माटोझैँ हरेक दिन
मानिसको भावना पनि बगेर कहाँ जान्छ, धेरैपल्ट प्रेमका फूलहरू मर्न सक्छन्,
तर आशा भने कहिल्यै मर्दैन
बाँचिरहन्छ ।
जीवनको बाटोमा छालहरूको जस्तै
दुःख र सुख सँगै हात समातेर आउँछन्, समयको प्रवाहमा यी सबै क्षणहरू बगेर,
आखिर सबै अन्त्यमा हराउँछन् ।
आशाले बाँच्नु भनेको साँच्चै एउटा यात्रा हो
जसले कहिल्यै अन्त्य पाउँदैन तर जीवनको यात्रामा हरेक मोडमा
हामीले धैर्यको रसलाई पिउनै पर्छ।
आफ्नो गन्तव्य खोज्न
जीवनका घुम्तीहरूलाई पार गर्दै
अझै अगाडि जानु छ, धेरै पटक लडिए पनि
आत्मबल र साहसले
जीवनको युद्ध जित्न जानु छ ।
0 reads
Published on 11/14/2024
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 8
Roll No: 29047
41
More Articles from
Student