गल्लीको उज्यालो
साँझ पर्न लाग्दा
गल्लीको कुनामा उभिएको
एउटा साधारण सडकबत्ती
न त चम्किलो छ, न त नयाँ
तर, अँध्यारो आउँदा
सबैभन्दा पहिले ऊ नै बल्छ ।
उसले सडक बदल्दैन
धुलो हटाउँदैन
मानिसको थकान बुझ्दैन
तर पनि थाेरै उज्यालो दिएर
हिँड्न सक्ने बाटो देखाइदिन्छ ।
रात गहिरिँदै जाँदा
कतै ढिला फर्किने पाइला
कतै अलमलिएको छायाँ
उसको उज्यालोमा
एकछिन ढुक्क हुन्छन् ।
बिहान भएपछि
कसैले नाम लिँदैन
कसैले फर्केर हेर्दैन
तर पनि
अर्को साँझ कुर्दै
ऊ उही ठाउँमा उभिइरहन्छ ।
1 reads
Published on 2/13/2026
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 9
Roll No: 29047
41
More Articles from
Student