जिब्राे
हामीले हाम्रो जिब्रोलाई राम्रो कामको लागि प्रयोग गर्नुपर्छ। शरीरका सबै अङ्गले एउटा मात्र काम गर्छन् तर जिब्राले दुई वटा काम गर्छ त्यसैले पनि यसकाे हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका रहेकाे हुन्छ । ती दुईवटा काम भनेकाे एउटा स्वाद लिने हाे भने अर्काे बाेल्ने । हामीले अरूसँग मिठाे बाेली बाेल्याैँ भने मात्र सबैले हामीलाई मन पराउँछन्। सही समयमा सही शब्दहरूकाे चयन गरेर बाेलेकाे बाेलीकाे महत्त्व रहन्छ । अनावश्यक ठाउँमा अनावश्यक कुरा बाेलेमा त्यसले हामीलाई अरूकाे अगाडि नराम्राे साबित गरिदिन्छ । हामीले यसलाई राम्रो ठाउँ र समयमा प्रयोग गर्नुपर्छ। अन्यथा, यसले हामीलाई खतरामा पार्न सक्छ। साथीभाइको अगाडि नराम्रो बोल्यौं भने कुनै अर्थ रहँदैन, आमाबुवा वा आफन्तको अगाडि नराम्रो बोल्यौं भने उनीहरूले हाम्रो बारेमा नराम्रो सोच्छन् । तर यदि हामीले हाम्रा आमाबाबु वा आफन्तहरूको अगाडि राम्रो शब्द बोल्यौं भने उनीहरूले हामीसँग धेरै राम्रो व्यवहार गर्छन् । राम्रो बाेली हाम्रो व्यक्तित्व हो। नराम्रो बोल्ने मानिसलाई कसैले पनि मन नपराउने हुनाले हामीले आफ्नो भाषा र बोलीलाई सधैं राम्रो र सुन्दर बनाउनु पर्छ जुन जिब्राकाे सहयाेगबाट नै सम्भव रहन्छ ।
0 reads
Published on 2/14/2022
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 5
Roll No: 29047
41
More Articles from
Student