विद्याको महत्त्व
विद्याको ठुलाे महत्त्व छ । विद्या भएकाे मानिसले गर्न हुने काम र गर्न नहुने काम छुट्याउन पनि सक्छ । विद्या आर्जन गर्न घर,परिवार,साथीसङ्गी अनि हामी वरिपरिकाे वातावरणले सहयाेग गरेकाे हुन्छ । विद्यालयले हामीलाई धेरै कुरा सिकाउँछ । विद्यालाई सुन,हिरा,मोती र पैसाले किन्न सकिँदैन । विद्याले नै हामीले पृथ्वी र सारा ब्रमाण्ड जित्न सक्छौं । औपचारिक विद्या स्कुल कलेज जस्ता ठाउँहरूमा सिकाइन्छ । मान्छेले सही विद्या लियाे भने सारा जीवन हाँसीखुसी बाँच्न सक्छ। हामीले विद्या सिकाउने शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान र आदर गर्नुपर्छ । विद्याले मान्छेको बुद्धि पनि बढाउँछ। मान्छेले शिक्षा हासिल गर्नलाई पढ्नुपर्छ ।औपचारिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ । शिक्षक,डाक्टर,इन्जिनियर,पाइलट देखि राजनेता,व्यापारी,कर्मचारी सबै उत्पादन विद्याले नै गर्छ ।विद्यावान् मानिसले आफ्नाे शरीरकाे पनि ख्याल गर्छ । खान हुने वा नहुने कुरा पनि सही विद्या पाएका मानिसले छुट्याएर शरीरलाईआवश्यक हुने खानेकुरा मात्र सेवन गर्छन् । विद्या पाएका कतिपया मानिसले यसकाे सही सदुपयाेग नगरेका कारणले दुःख पनि पाएका छन् । विद्यालाई हाम्राे व्यक्तिगत धनका रूपमा पनि व्याख्या गरिएकाे पाइन्छ ।यसलाई कसैले चाेरेर लैजान पनि सक्दैन । विद्या जति बाँडिन्छ त्यति बढ्दै जान्छ । यसर्थ विद्याकाे महत्त्व धेरै नै भएकाे पाइन्छ ।
0 reads
Published on 3/19/2022
Hardik Sharma Phuyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Hardik Sharma Phuyal
Grade 5
Roll No: 29047
41
More Articles from
Student