चिडियाखाना खाना
चिडियाखानालाई हामी चिडियाघर पनि भन्दछाैँ । जङ्गलमा पाइने जनावरहरू हामी चिडियाखानामा पनि देख्न सक्छौं । चिडियाखानामा जनावरहरूलाई खाना र खाना र पानीको व्यवस्था गरिदिएका हुन्छन् । उनीहरुलाई चिडियाखानामा सुरक्षित राखिन्छ । टाढाबाट मानिसहरु चिडियाखाना घुम्न र हेर्न आउँछन् । चिडियाखानामा जनावरहरू मात्र होइन ; चराचुरुङ्गी हरुलाई पनि राखिएको हुन्छ । चिडियाखानामा हामी हात्ती, बाघ, जरायो, गैंडा आदि जनावरहरू नजिकैबाट देख्न सक्छौं। ठूलाठूला चरालाई पनि हेर्न सक्छौं चिडियाघर रमाइलो हुन्छ । म चिडियाखानामा जरायो सिंह आदि जनावरलाई देखेको छु । चिडियाखानामा जनावरहरूलाई राम्रोसँग तार लगाएर खोर बनाई भित्र राखिएको हुन्छ । चिडियाखानामा हरियाली पनि हुन्छ । हामीले चिडियाखानाका जनावरहरूलाई जथाभावी चलाउनु हुँदैन । त्यहाँ जनावरहरुकाे स्याहारसुसार गर्नका लागि मानिसहरुलाई खटाइएकाे हुन्छ ।
0 reads
Published on 6/15/2021
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 4
Roll No: 30010
46
More Articles from
Student