जर्मन सेफर्ड
जर्मन सेफर्ड एउटा वफादार कुकुरकाे जात हाे । उचित प्रशिक्षण दिन सकेमा पारिवारिक संरक्षकहरू हुन सक्छन् । यो जातका कुकुर पाल्न इच्छुक परिवारहरूको लागि एक आदर्श जात हो। जर्मन सेफर्डहरूलाई दिनको आठ घण्टा भन्दा बढी एक्लै छोड्नु हुँदैन। तिनीहरू सजिलै बोर हुन्छन् । यदि तिनीहरूलाई लामो समयसम्म एक्लै छोडियो भने तिनीहरू विनाशकारी वा समस्याग्रस्त व्यवहारमा सङ्लग्न हुन सक्छन् । जस्तै खन्ने, चपाउने र भुक्ने। जर्मन सेफर्डलाई हरेक दिन कम्तिमा दुई घण्टा व्यायाम चाहिन्छ। यसले सुरक्षित क्षेत्रमा हिड्ने र व्यायाम गर्नुपर्ने हुन्छ । अतिरिक्त खेल्ने समय र तिनीहरूलाई राम्रो प्रशिक्षण दिन पनि सकिन्छ । अन्य जातका कुकुरहरू जस्ताे जर्मन सेफर्डहरूलाई प्रायः नुहाइदिन आवश्यक हुँदैन । तिनीहरूलाई प्रत्येक ३-४ महिनाकाे अन्तरालमा नुहाइदिए पनि पुग्छ । जर्मन सेफर्ड वफादार हुन्छन् । यदि सानै उमेरमा परिवारसँग भयाे भने परिवारका बच्चाहरूसँग राम्रो सम्बन्ध राख्छ । जर्मन सेफर्डसँग धेरै सहनशक्ति र ऊर्जा हुन्छ । यसलाई परिवारकाे सदस्यकै रूपमा लिने गरिन्छ ।
0 reads
Published on 3/2/2022
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 4
Roll No: 30010
46
More Articles from
Student