नेपालका चाडपर्वहरू
नेपाल एक सानो तर सुन्दर देश हाे । हाम्राे देश धार्मिक र सांकृतिक रूपमा निकै धनी छ । हाम्राे देश नेपालमा १०० भन्दा बढी जातजाति र तिनीहरूले बाेल्ने भाषा छन् । यहाँ जातजाति अनुसारका धेरै चाडपर्वहरू छन् । हामी काेही पराई छैनाैँ, नेपालमा बस्ने हामी सबै आफन्त हाैँ । हाम्रो देशमा कसैलाइ पराइ ठान्ने भावना छैन । हाम्रो देश एउटा ठुलो फूलकाे बगैँचा जस्तै हो । सबै जना भाषा र धर्मका रूपमा अलग भए पनि हामी एकअर्कासँग रमाएर बस्छौँ । हामी सबैको बिच भाइचाराकाे सम्बन्ध छ । जातजाति, धर्म, भाषा, चाडपर्व फरक भए पनि एकअर्कासँग मिलेर बस्नु नेपालीकाे विशेषता हाे । नेपालमा चाडपर्वका नाममा कसैसँग झगडा हुँदैन । हिमाल,पहाड र तराई जहाँ बसे पनि हामी नेपाली हुनुमा गर्व गर्छाैँ । सबैका चाडपर्वमा शुभकामना आदानप्रदान गर्छाैँ । हाम्रा मुख्य चाडपर्व भनेका दसैँ, तिहार बुद्धजयन्ति, उँधौली, उँभौली, ल्होसार, क्रिसमस, इद, तिज, हाेली माघी आदि हुन् । चाडपर्वहरू नेपालमा एकदम राम्ररी र रमाइलो गरी मनाउने चलन छ । चाडपर्वले सद्भाव , एकता, भाइचारा, परिवारको साथ, माया आदि कुराकाे सम्बन्ध बढाउँछ । नेपालीहरूका लागि चाडपर्व एकदमै महत्त्वपूर्ण छ ।
0 reads
Published on 3/7/2024
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 6
Roll No: 30010
46
More Articles from
Student