पानी
हाम्रो जीवनमा पानीको साँच्चिकै महत्त्व छ किनभने हामी पानी पिउने र सिँचाइ गर्न, नुहाउन, लुगा धुने वा अन्य चिजहरू आदिका लागि पानी प्रयोग गर्छौं।संसारको ताजा पानी भण्डारणमा ७५ प्रतिशत जम्मा हुने गर्दछ। पानी पिउनाले हाम्रो शरीर स्वस्थ रहन्छ । यदि हामीले पानी पिएनौं भने, हामीलाई चक्कर लाग्ने महसुस हुन्छ र यदि हामीले लामो समयसम्म पानी पिएनौं भने प्रायः बिरामी हुने सम्भावना हुन्छ। एक दिन वा एक दिनभन्दा बढी पानी नपिउँदा मृत्युसमेत हुन सक्छ। पानीले तपाईंको शरीरभरि पोषक तत्व, अक्सिजन प्रदान गर्दछ,र फोहोरहरू तपाईंको कोशिका र अंगहरूका माध्यमद्वारा बाहिर लैजान्छ। पर्याप्त पानी पिउनाले कब्जियत, मृगौलाको पत्थरी, दम, मूत्रमार्गको संक्रमण र उच्च रक्तचाप जस्ता केही चिकित्सकीय अवस्थाहरूबाट बच्न सकिन्छ । पानीले तपाईंको खानाबाट महत्त्वपूर्ण पोषक तत्वहरू अवशोषित गर्न मद्दत गर्दछ, जसले तपाईंलाई स्वस्थ राख्नमा पनि अहं भूमिका खेल्छ। नेपाल पानीमा दोस्रो धनी देश हो । सानो देश नेपालमा ६ हजारभन्दा बढी जलस्रोत छन् । हामीले हरेक दिन ३ देखि ५ लिटर पानी पिउनुपर्छ l
0 reads
Published on 6/23/2022
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 5
Roll No: 30010
46
More Articles from
Student