वातावरण प्रदूषण
हामी बसेको परिवेशलाई नै वातावरण भनिन्छ ।आजकाल धेरै नै वातावरण प्रदूषित भइरहेको छ।वातावरण प्रदूषण मान्छेहरूकै कारणले हुन्छ। प्रदूषणमा जल प्रदूषण, माटो प्रदूषण, वायु प्रदूषण ,ध्वनि प्रदूषण हुन्छ । जल प्रदूषण, माटो प्रदूषण र वायु प्रदूषण आदि एकअर्कासँग जोडिएका छन् । यदि एउटा प्रदूषित भयो भने बाँकी पनि प्रदूषित हुन्छन् । वातावरण प्रदूषणले गर्दा वातावरणमा भएका सबै तत्त्व, जनावर, व्यक्ति र बोटबिरुवालाई हानी भइरहेको छ । पूरै पृथ्वी वातावरण प्रदूषणको कारण दूषित भइसक्याे । सबैजनाले मिलेर वातावरण प्रदूषण कम गर्नुपर्ने ठाउँमा, सबैजना मिलेर वातावरण प्रदूषण बढाइरहेका छन् । प्रदूषण सबैजनाको लागि हानीकारक छ । वातावरण प्रदूषणको कारण धेरै मान्छे र जनावरकाे मृत्यु भइरहेको छ। सरकारले पनि वातावरण प्रदूषण गर्नुहुँदैन भनेर सबै ठाउँमा जनचेतना फैलाउनुपर्छ । धुवाँ धुलाे र रासायनिक अाैषधीले वातावरण प्रदूषण बढाइरहेका छन् । वातावरण प्रदूषणले मानिसकाे स्वास्थ्यमा ठुलाे समस्या देखापरेकाे छ । वातावरण सफा र स्वच्छ भयाे भने हामी स्वस्थ हुन्छाैँ । वातावरणलाई स्वच्छ राख्नु हाम्रो जिम्मेवारी हो । यो कुरा हामी सबैले बुझ्नु जरूरी छ। हामीले यो वातावरणलाई बचाउनै पर्छ । आफ्नाे घर वरपर सफा राख्नुपर्छ । सबैतिर हरियाली बनाउनुपर्छ ।
0 reads
Published on 9/7/2023
Bishakha Upadhyay is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bishakha Upadhyay
Grade 6
Roll No: 30010
46
More Articles from
Student