क्रिकेट
क्रिकेट
क्रिकेट ब्याट र बलले खेलिने सामूहिक खेल हो । यो हाल संसारकै सबैभन्दा रुचाइएको खेल हो । यो खेल वर्तमान समयमा मुख्यतया पाँच दिनको टेस्ट क्रिकेट, एक दिनकाे अन्तर्राष्ट्रिय (वन डे क्रिकेट) र छोटो समयको २० ओभरको क्रिटेट (ट्वान्टी २०) गरी तीन प्रकारको रहेको छ । क्रिकेटमा ब्याटले बललाई हिर्काउँदा बल जमिनबाट बाउण्डरी क्रस गर्यो भने चौका, ब्याट हान्दा माथि हावामा उडेर बाउण्डरी क्रस गर्यो भने छक्का हुन्छ । क्रिकेटमा एउटा एम्पाएर पनि हुने गरेको छ । क्रिकेटमा तीनवटा विक्रेट स्टम्प र दुईवटा बेल्स पनि हुने गर्छ । यो दुई टोलीबिच खेलिन्छ । प्रत्येक टोलीमा ११ जना खेलाडी र तीनवटा इम्प्याक्ट प्लेयर पनि हुन्छन् । एउटा टाेलीले ब्याटिङ गर्छ । अर्काेले बल फ्याक्ने बलिङ र फिल्डिङ गर्ने काम गर्छ । ब्याट्सम्यानले बललाई हिर्काएर रन बनाउन दौडिन्छन् । यो खेलले हामीलाई टिमवर्क र अनुसाशन सिकाउँछ । नेपालमा क्रिकेट धेरै लोकप्रिय छ।
0 reads
Published on 6/18/2026
Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pranish Pandey
Grade 5
Roll No: 34022
30
More Articles from
Student