दसैँ
मेराे दसैँकाे अनुभव राम्राे रह्याे । हामी नेपालगञ्ज, बर्दिया हुँदै दाङ गयाैँ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्दा हामीले बाघ देख्याैँ । त्यसपछि हामी दसैँ मान्न दाङ गयाैँ । आमा र बुबा सधैँ बिहान मन्दिर जानुहुन्थ्याे । म, भाइ र दिदी खेलेर बस्थ्याैँ । बुबाले खसी किनेर ल्याउनुभयाे अनि खसी काटेर सधैँ मासु नै मासु खायाैँ । टीकाकाे दिन हजुरआमाले सबैलाई टीका र जमरा लगाइदिनुभयाे । मलाई म भन्दा ठुला सबैले टीका, जमरा, आशीर्वाद र दक्षिणा दिनुभयाे । यसरी मेराे दसैँ रमाइलाे भयाे ।
0 reads
Published on 11/17/2022
Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pranish Pandey
Grade 1
Roll No: 34022
27
More Articles from
Student