underline

पुस्तक समीक्षाः यार्चा

Underline

Share:

पुस्तक समीक्षाः यार्चा

पात्रहरूः यार्चा, मोतीशिला, आमाबुबा, हजुरबुवा, हजुरआमा, भाइ, कमल नेपाली, पवन सर, डाक्टर

कथावस्तुः मोती हतार हतार गरी स्कुल जाँदै थिइन्। बाटो पनि अप्ठ्यारो र घरको काम पनि गर्नुपर्ने हुनाले स्कुल जान ढिला भएको थियो। उनीहरूको गाउँमा हरेक वर्ष एक डेढ महिना यार्चा भन्ने किरा टिप्न लेकमा जाने चलन थियो । मोतीले पनि पोहोरसाल १६० वटा यार्चा टिपेकी थिइन् । त्यो बेचेर आएको पैसाले उनको पढाइ खर्च र घरको समेत खर्चमा मद्दत पुगेको थियो। यो वर्ष जिल्ला शिक्षा कार्यालयले स्कुल बिदा नदिने निर्णय गरेकाले मोतीलाई लेक जान पाइँदैन भन्ने चिन्ता थियो। विद्यार्थीहरूको अनुरोधमा स्कुल व्यवस्थापन समिति र अभिभावक समितिले स्कुल एक महिनाको लागि बन्द गर्ने निर्णय गर्‍यो। त्यसपछि मोती, लाले, बुबाआमा र छिमेकीहरूले आफूलाई चाहिने लुगाफाटा, सातुचामल, भाँडाकुँडा, पिठो आदि बोकेर लेकतिर हिँडे। अरु सामान खच्चरहरूका पिठिउँमा पनि राखिदिएका थिए। बाटो अप्ठ्यारो र मोतीका नयाँ जुत्ता पनि भएकाले उनलाई र लालेलाई हिँड्न गाह्रो भएको थियो। धेरै बेर हिँडेपछि एउटा चौतारीमा बसेर घरबाट ल्याएको खाजा खाए । त्यसपछि सबै जना लेकतिर लागे । लालेलाई लेक लाग्न थालिसकेको थियो। आमाले प्याज काटेर दुबै जनालाई खान दिनुभयो। त्यसपछि लेक लाग्न कम भयो। सबैजना पाटन भन्ने ठाउँमा गएर बास बसे। पाटनमा पुगेपछि सपनामा मोतीलाई यार्चा भन्ने किराले सबैलाईको स्वागत गर्‍याे । यार्चाले आफ्नो विभिन्न नाम भएको कुरा सुनायो। त्यहाँ हिउँ परिरहेको थियो । मोतीले यार्चासँग कुरा गरिरहेकी थिई । भोलिपल्ट लेक लागेकाले बहादुर भन्ने छिमेकी काकाको मृत्यु भयो। त्यो देखेर मोती र लालेलाई धेरै दुःख लाग्यो। पाटनमा पाल टाँगेर पवनमान सरले कविता, कथा, चित्रकथा पढाएको देखेर लाले र मोती पनि त्यहीँ बसेर पढ्न थाले। एउटी आराधना भन्ने बच्ची हिउँमा खसेकोले कमल भन्ने अर्को बच्चाले साहसका साथ उनलाई बचाएकाे कथा माेतीले पढिन् । केही समयपछि लाले पनि बिरामी पर्‍यो । आमाबुबाले उसलाई स्वास्थ्य चौकीमा लानुभयो। त्यहाँ स्वास्थ्यकर्मीको रेखदेखमा लालेलाई बिस्तारै ठिक हुँदै गयो । मोतीले ७१ वटा किरा एकै ठाउँमा पाइन्। बुबाआमाले पनि निकै किरा जम्मा गरिसक्नुभएको थियो । त्यसपछि सबैजना खुसी हुँदै आफ्नो घर फर्किए ।

निष्कर्षः हामीले मेहनत गरेर पढ्नुको साथै फुर्सदको समयमा काम पनि गर्ने गर्‍याैँ भने हाम्रो पढ्ने खर्च पनि निस्किन्छ। मोतीशिलाले जस्तै घरको लागि पनि सहयोग गर्नुपर्छ। घरका सबै परिवारहरू खुसी हुन्छन्।

0 reads

Published on 3/15/2026

Image

Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranish Pandey

Grade 4

Roll No: 34022

27

More Articles from

Student

Underline