underline

वातावरण

Underline

Share:

पृथ्वीमा रहेका जीव, जनावर, वनस्पति, हावापानी, माटो आदि सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरूलाई नै वातावरण भनिन्छ। यो एउटा प्राकृतिक सम्पदा हो। वातावरण मानव जीवनको लागि अपरिहार्य छ। स्वस्थ वातावरणले प्रकृतिको सन्तुलनको साथसाथै पृथ्वीमा रहेका सबै जीवित वस्तुहरूको विकास गर्न मद्दत पु‍‍र्‍याउँदछ। वातावरणबिनाको मानिसको अस्तित्व हुन सक्दैन र मानिसबिना वातावरण रहनै सक्दैन। वातावरण स्वस्थ नभएमा मानिस अपाङ्ग र रोगी नै बन्न पुग्दछ । मानिसले स्वास्थ्य नै जीवन हो भन्ने कुरा कदापि बिर्सिनु हुँदैन । वनजङ्गल विनाशले वातावरण प्रदूषणमा ठुलो भूमिका खेल्दछ। प्रदूषित वातावरण मानव जातिको सर्वनाशकाे जड भएकोले वातावरणलाई स्वच्छ राख्ने प्रयास गर्नु पर्छ।

0 reads

Published on 8/31/2024

Image

Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranish Pandey

Grade 3

Roll No: 34022

27

More Articles from

Student

Underline