मेरो मन पर्ने किताब
मलाई मन पर्ने किताब विज्ञान हो । यो युग विज्ञानको युग हो । विज्ञानले हाम्रो जीवनमा धेरै काम सजिलो बनाएको छ । भात पकाउने राइस कुकर, टेलिफाेन, टेलिभिजन, माेबाइल, कम्प्युटर आदि सबै विज्ञानको देन हो । विज्ञान मानव जीवनको लागि वरदान साबित भएको छ । विज्ञानले गर्दा विश्वको विकास भएको छ । विज्ञानले गर्दा संसारमा घटेका घटनाहरू तुरुन्तै थाहा पाउन सकिने भएकाे छ । वैज्ञानिकहरू चन्द्रमामा पनि पुगिसके । विज्ञानले हामीलाई हरेक क्षेत्रमा सहयाेग गर्छ । विज्ञानको नकारात्मक आविष्कार बम हाे । हामीले विज्ञानको आविष्कारलाई सही ढङ्गले उपयाेग गर्नुपर्छ । विज्ञानले आविष्कार गरेका वस्तुहरूलाई सिर्जनात्मक रूपमा प्रयाेग गरेमा यसबाट हामीलाई फाइदैफाइदा हुन्छ ।
0 reads
Published on 5/21/2024
Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pranish Pandey
Grade 3
Roll No: 34022
27
More Articles from
Student