underline

ओडारको बत्ती

Underline

Share:

ओडारको बत्ती

करुणाले आँगनको डिलमा आएर हेर्दा पारिको डाँडामुनि सधैँ बत्ती बलिरहेको देख्थिन् । घर पनि नभएको ठाउँमा बत्ती बलिरहेको देख्दा उनलाई अचम्म लागेर त्यस विषयमा आमाबुबालाई सोधिन्। आमा बुबाले झर्केर त्यस विषयमा केही उत्तर दिनुभएन। उनलाई जान्ने उत्सुकता झन् बढेर आयो। उनले मामा माइजूलाई सोधिन् । उहाँहरूले पनि त्यस विषयमा केही बताउनु भएन । त्यसपछि उनी दिदी र साथीहरूलाई लिएर त्यस ठाउँमा पुगिन् । त्यहाँ एकजना बुढी आमै भाँडा माझ्दै गरेको उनीहरूले देखे। उनीहरूले सोध्दा बुढी आमाले आफ्नो बारेमा रुँदै बताउनुभयो। बुढी आमा करुणा कि आफ्नै हजुरआमा हुनुहुँदो रहेछ। करुणाको आमा बुबाले बुढीआमालाई बुढी भएपछि आफ्नो घरबाट निकालिदिएको रहेछ। त्यो सुन्दा करुणा र उनका साथीहरूलाई अचम्म लाग्यो। उनीहरुले हजुरआमालाई फकाएर घरमा ल्याए । त्यो देखेर करुणाका आमाबुबा रिसाउन थाल्नुभयो। बुढाबुढी भएपछि हामी पनि तपाईंहरूलाई घरबाट निकालिदिन्छौँ पनि भने । त्यो सुनेर करुणाका आमाबुबाले सबैसित माफी माग्दै आफ्नो गल्ती स्वीकार गर्नुभयो ।

1 reads

Published on 8/13/2026

Image

Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pranish Pandey

Grade 5

Roll No: 34022

30

More Articles from

Student

Underline