संविधान दिवस
नेपालमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ । जुन दिन नेपालले आफ्नो पहिलो गणतान्त्रिक संविधान पारित गरेको थियो । यो संविधान नेपालको इतिहासमा ऐतिहासिक मानेको दिन हो । जसले देशलाई नयाँ कानुनी र राजनैतिक संरचनामा अगाडि बढायो । यो संविधान कुनै एक व्यक्तिको वा समूहमा निर्णयको परिणाम थिएन । यो लाखौँ नेपाली नागरिकको चाहनाको उपज हो । संविधान दिवसको अवसरमा राष्ट्रव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छन् । नेपालमा बोलिने सबै मातृभाषा संविधानले राष्ट्रभाषाको मान्यता दिएको छ । यस संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको छ । संविधानसभाको लामो प्रक्रिया र विभिन्न राजनीतिक दलहरूको सहकार्यबाट संविधान निर्माण भएको थियो । संविधान दिवसका दिन राष्ट्रिय झन्डा फहराउने, राष्ट्रिय गाना गाउने, संविधानप्रति सम्मान प्रकट गर्ने गतिविधिहरू गरिन्छन् ।
0 reads
Published on 9/19/2024
Pranish Pandey is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Pranish Pandey
Grade 3
Roll No: 34022
27
More Articles from
Student