underline

पुर्खा

Underline

Share:

पुर्खाहरूको पाइला समे्टदै जाऊ,

वीरताको कथा मुटुभरि हाल्दै जाऊ ,

तिनका सौर्य गाथाहरू समेट्दै जाऊ,

नेपालको माटोको माया अझै छर्दै जाऊ  ।

हजारौँको इतिहास यो माटोमा गाँसिएको

पुर्खाले राेपेका बिरुवाहरूसँग माया साचिएकाे

तिनीहरूको आशीर्वादले धर्ती अझै राम्रो

छ विश्वमा बेग्लै पहिचान हाम्राे ।

कति सङ्घर्ष गरे, कति पसिना बगाए

बनाए हाम्रो जीवन आफू नै हराए

तिनको रगत, पसिनाले सजिएको यो धर्ती

हाम्रा लागि ठुला हुन् तिनका अर्ती ।

उनीहरूले देखाएको बाटोमा हिँड्न जान्नुपर्छ

सधैँ पुर्खाको हामीले पुर्खाकाे  मर्म सम्झिनुपर्छ

सधैँ पुर्खाको हामीले धर्म  सम्झिनुपर्छ ।

तिनै पुर्खा हाम्रा गौरव हुन्

तिनै हुन् हाम्रा चिनारी

पुर्खाहरूको सङ्घर्ष साथ

हजारौँ वर्ष रहन्छ हाम्राे माथ ।

0 reads

Published on 8/6/2024

Image

Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kritanjali Odari

Grade 10

Roll No: 27018

28

More Articles from

Student

Underline