underline

श्री कृष्ण जन्माष्टमी

Underline

Share:

श्री कृष्ण जन्माष्टमी पर्व भाद्र कृष्ण अष्टमीकाे दिन पर्दछ। याे दिन कृष्ण भगवान जन्मिएकाे दिन हाे। हिन्दू धर्मावलम्बीहरूकाे महान् पर्व हाे । यसलाई अत्यन्तै पावन दिनकाे रूपमा मानिन्छ। याे दिन ठाउँ ठाउँमा कृष्णजीकाे पूजाआजा गरी, भजन कीर्तन गरी व्रत बसी उत्सवकाे रूपमा मनाइन्छ। श्री कृष्णकाे जन्म द्वापर युगमा यदुवंशमा भएकाे थियाे। उनी मध्यरातमा मथुराकाे जेलमा माता देउकीकाे आठाैँ सन्तानकाे रूपमा जन्मेका हुन्। उनका पिता वसुदेव हुन्। राजा कंशले वसुदेव र देवकीलाई मथुराकाे जेलमा बन्दी बनाइएकाे थियाे। कंश दुष्ट र पापी राजा थियाे। जनताहरूलाई धेरै दु:ख दिइरहन्थ्याे । देवकी कंशकी बहिनी थिइन्। एक दिन आकाशवाणीबाट तेराे मृत्यु देवकीकाे आठाैँ सन्तानबाट हुने भन्ने,सुनियाे, त्यसैले उसले देवकी र वसुदेवलाई जेल बन्दी बनाएर राखेकाे थियाे । जति पनि सन्तान जन्मिन्छन् जन्मेकै दिन मारिदिन्थ्याे तर भगवान श्री कृष्ण जन्मँदा ठुलाे पानी परिरहेकाे थियाे, मध्यरातकाे समय थियाे । पालेहरू सबै गहिराे निन्द्रामा परे । जेलका सबै ताला र ढाेकाहरू आफैँ खुले । यस्ताे समयमा जन्मनुभयाे । देवकी पनि बेहाेस थिइन्, वसुदेवले श्री कृष्णलाई टाेकरीमा राखेर र यमुना नदी पार गरेर गाेकुलमा यशाेदा माताकाे घरमा लगे । यशाेदा माता पनि चिरनिन्द्रामा सुतेकी थिइन् । त्यहाँ जन्मेकीलाई लिएर मथुरा गए । श्री कष्ण भगवान् यशाेदा माता र नन्द बाबाकाेमा नै हुर्के र बढे । पछि गएर उनले कंशलाई मारेर, बुबा आमालाई कैदबाट मुक्त गरे । पापीलाई नष्ट गरे । पृथ्वीकाे भार हरण गरे । उनले महाभारतकाे युध्दमा अर्जुनकाे सारथी भएर गीताकाे ज्ञान पनि दिए । जुन ज्ञान सम्पूर्ण मानव जातिका लागि कल्याणकारी छ । यसर्थ याे दिनलाई सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले अत्यन्तै महत्वपूर्ण दिनका रूपमा मनाउँदछन् । भाेलिपल्ट कृष्ण भगवानकाे रथयात्रा गरिन्छ । गाउँ गाउँमा, टाेलटाेलमा मठ मन्दिरमा राम्राेसँग शृङ्गार गरिन्छ । याे एउटा महान् उत्सवकाे रूपमा सबैले लिएका छाैँ ।

0 reads

Published on 2/8/2022

Image

Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kritanjali Odari

Grade 7

Roll No: 27018

28

More Articles from

Student

Underline