यात्रा
लामाे समय भएकाे थियाे, बाहिर नगएकाे । त्यही भएर मैले मेराे आमा बुबालाई कँही घुम्न जाउँ न भनेर भनेँ । हामीले भनेकाे आमा बुबाले कहाँ मानिहाल्नुहुन्छ र ? निकै समय लाग्याे मलाई त मेराे आमा बुबालाई मनाउन । मन मनै त मेराे मात्र आमा बुबा यस्ताे हाे कि, भन्ने पनि लाग्याे । यस कुरामा म, आमा, बाबा, भाइ,दादा,दिदी भयाैँ। लामाे छलफलपछि बल्ल हामी कँहा जाने भनेर टुङ्गाे लाग्याे र काे काे जाने भनेर पनि । त्यसकाे भाेलिपल्ट हामी बिहानै ४:३० बजे उठेर पश्चिमतिर लाग्याैँ। झापा मेराे गाउँ भएकाे भएर हामी त्यही ठाँउबाट हाम्राे यात्रा सुरू गर्ने सल्लाह गर्याैँ । झापा जाँदै गर्दा हामीले रमाइलाे गर्याैँ । गाउँदै, गफ गर्दै, खादैँ गयाैँ। आधा बाटाे जति त म सुतेकाे भएर मलाई केही याद नै भएन छ । सुतेर उठ्दा त काेसी ब्यारेक पाे आइपुगेछाैँ । काेसी ब्यारेक कटेपछि हामीले चिया पिउने भनेर गाडी राेक्याैँ। चिया पिएर हामी फेरी हाम्राे यात्रा तिरै लाग्याैँ। बर्दिबास पुग्दा लगभग १:३० भएकाे थियाे। त्यहाँ हामीले खाना खायाैँ र एकछिन् आराम गर्याैँ । हामीलाई जनकपुर घुम्न मन लागेकाे भएर हामी बर्दिबासबाट सिधै गयाैँ। मलाई अरूभन्दा पनि जनकपुरकाे सडक अत्यन्तै मन पर्याे तर के गर्नु बाटाे मन परेर, त्यहाँका मानिसलाई अरूकाे इज्जत कसरी गर्नुपर्छ भन्ने त थाहा रहेनछ । त्यही पनि हामीले जानकी मन्दिरकाे दर्शन गर्याैँ । अलि अलि भए पनि फाेटाे खिच्याैँ र निस्किहाल्याैँ। म लगायत मेराे परिवारलाई जनकपुर अलि फाेहर लाग्याे । झापा पुग्दा एकदमै रात परेकाे थियाे । त्यही भएर हामी चाँडै सुत्याैँ । भाेलिपल्ट हामीले बहिनीलाई भेट्याैँ र कता कता घुम्न जाने भनेर याेजना बनायाैँ । थाकेकाे भएर त्यस दिन हामी कँही पनि गएनाैँ। दिउँसाे १ः०० बजेतिर म, आमा, बाबा, बहिनी, भाइ, दिदी, श्री अन्तुतिर लाग्याैँ। झापाबाट श्री अन्तु नजिक भएकाे भएर खुसी भएका थियाैँ । हामीले श्रीअन्तु जाँदा कन्याम, फिकल जस्ता रमाइला ठाउँ पनि घुम्याैँ । श्री अन्तु पुग्नकाे लागि हामीले गाडी अलि तलतिर राख्नुपर्दाे रहेछ र २- ३ घन्टाकाे बाटाे हिड्नु पर्दाे रहेछ। हामी त श्रीअन्तुकाे सूर्याेदय हेर्न आएकाे भएर भाेलिपल्ट बिहानै ३ बजे सूर्याेदय हेर्न लाग्याैँ । नेपाल केही सुन्दर गाउँजस्ताे लाग्याे। किनकि हाम्राे नेपालमा यत्ति धेरै सुन्दरता रहेछ भनेर मख्ख पर्याैँ । सबैसँग अलि अलि फाेटाे खिच्याैँ र एकछिन् त्यहाँकाे दृश्य हेर्याैँ ।घाम झुल्केकाे हेरिसकेपछि तल आएर खान खायाैँ र झापातिर लाग्याैँ।
0 reads
Published on 11/18/2022
Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kritanjali Odari
Grade 8
Roll No: 27018
28
More Articles from
Student