मेराे भम्रण
सधैँ घरमा बसेर एउटै काममा व्यस्त भैरहँदा पनि दिक्क लाग्ने रहेछ । कहिलेकाहीँ घुमफिर गरेर मनोरञ्जन लिँदा पनि हाम्रो दिमाग ताजा हुन्छ । कक्षा ६ को अन्तिम वार्षिक परीक्षा सकिएपश्चात हामी घरपरिवारका सदस्यहरू पनि पोखरा जाने योजना बनायाैँ । सो योजनामुताबिक मेरा अभिभावकले गाडीहरू र त्यससम्बन्धी सम्पूर्ण सामग्रीहरू तयार पारी सक्नुभएको थियो । त्यसैले हामी चैत्र २५गते पोखरा जानका लागि तयार भएर बस्याैँ ।
मेराे यात्रा सुरू हुने एकदिन अगाडि मैले केही खानेकुरा,लुगा किनेकी थिएँ । भम्रणकाे लागि म, मेरी आमा,मेराे बाबा,मेरी फुपू,मेरा फुपाजु र मेराे भाइ थियाैँ । हामी करिब ८ बजे काठमाडाैँबाट पाेखरा भम्रणकाे लागि निस्कियाैँ। लगबग ११ बजे हामी मुगलिङ आइपुग्याैँ। मुगलिङकाे दिप्सन हाेटेलमा हामीले खाना खायाैँ। खाना खाएपछि हामीले फेरी पाेखराकाे भम्रण सुरू गर्याैँ । पाेखरा जाँदा जाँदा बिचमा बाटाे बनाइरहेकाे हुनाले जाममा परेका थियाै । ३ बजेतिर हामी खाजा खान राेकियाैँ। खाजामा हामीले चिया,माेमाे,चटपटे खायाैँ। लगभग हामी पाेखरा ४:३० मा पुगेका थियाै । हामी हाेटेल दाेन्सतीमा बस्ने भयाैँ । केही समयपछि हामी डिजनप ल्यान गयाैँ। डिजनप ल्यानमा हामीले अन्य कुराहरू खेल्याैँ । डिजनप ल्यानबाट निस्केर हामीले फेवातालकाे नजिकै खाना खायाैँ । त्यसकाे भाेलिपल्ट बिहान हामी तालबाराही र बि्न्दबासिनी मन्दिर गयाैँ। बिन्दबासिनी मन्दिर जानुभन्दा अगाडि हामीले १ घन्टा जलविहार गर्याैँ । जलविहार गर्दा गर्दै हामीले विभिन्न प्रकारका माछाहरू देख्याै। लगभग हामी तालबाराही मन्दिरबाट निस्किँदा ९ बजेकाे थियाे । त्यसपछि हामी बिन्दबासिनी मन्दिर गयाैँ। हामीले पूजा सकेर , बल्ल खाना खायाैँ । खाना खाएपछि हामी हाेटेलतर्फ आयाैँ ।
केही समयपछि हामी त्याे हाेटेलबाट कुश्मातर्फ लाग्याैँ । कुश्मा जाने बाटाे एकदमै नराम्राे थियाे । लगभग हामी कुश्मा ३ बजे पुग्याैँ। कुश्माकाे हामी (द कलिफ नेपाल) भने ठाउँमा गएकाे थियाैँ । (द कलिफ नेपाल) काे भित्र जानकाे लागि प्रति व्यक्ति रु ५०० लाग्थ्याे। (द कलिफ नेपाल)मा मेरी आमाले २ पटक बन्जिङ गरिसक्नुभएकाे थियाे । हामी त्यहाँ पिङ खेल्याैँ । त्यति गरेपछि हामीले खाजा खान गयाैँ । मलाई चाहिँ (द कलिफ नेपाल) भन्ने संस्था एकदमै मनपर्याे। (द कलिफ नेपाल) बाट निस्किँदा ५ बजेकाे थियाे।
त्यसपछि हामी बागलुङ लाग्याै। बाग्लुङ पुग्दा एकदमै अध्याराे भएकाे थियाे। हामी सगुन हाेटेलमा बसेका थियाै । भाेलिपल्ट बिहान हामीले ठेट्ना मकै किन्याैँ। त्यसपछि हामी निस्केर बाग्लुङकाे कालिका मन्दिर गयाैँ। हामीले सबैकाे सुस्वास्थ्य कामना गर्याै। कालीका मन्दिरबाट निस्केर हामी चितवन गयाैँ। डुम्रेमा हामीले राेकेर माेमाे,चटपटहरू खायाैँ। चितवन पुग्दा ६ बजेकाे थियाे। हामी अनन्प्रण हाेटेलमा बसेका थियाैँ। बेलुका हामीले तास,ससेजहरू खाएर सुत्याैँ।
भाेलिपल्ट बिहान हामी नारायणीतिर गएका थियाैँ।नारायणी तिरमा हामीले सपिड बाेट खेलेका थियाैँ। लगभग हामी १० बजे घले गाउँ तर्फ लाग्याैँ। घले गाउँ जाने बाटाे एकदमै डर लाग्दाे थियाे। घले गाउँ पुग्दा ४ बजेकाे थियाे। घले गाउँ पुरानाे गाउँ थियाे। हामी जादाँ जाडाे थियाे त्यसैले आगाे ताप्दै डिढाे,मासु खायाैँ। बिहान सबै जाना उठेर सनराइज हेर्याै। ८ बजेतिर हामीले फापरकाे राेटी र आलुकाे तरकारी खायाैँ। ९ बजेतिर उहाँहरूले हामीलाई फूलमाला लगाएर बिदाइ गर्नुभयाे। यसपछि काठमाडाैँ आयाैँ।
धन्यवाद!!!
0 reads
Published on 6/30/2021
Kritanjali Odari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kritanjali Odari
Grade 7
Roll No: 27018
28
More Articles from
Student